मुढो र बुढो

झरी परिरहन्छ, मुढो भिजिरहन्छ ।
स्मृति बर्सिरन्छ, बुढो रुझिरहन्छ ।

मुढो बिरूवा छँदा, वर्षा खुशी दिन्थ्यो
पानी भिज्थ्यो जरामा पातमा पोष लाग्थ्यो
आशा जस्तै युवाको
कल्पना जस्तै बैंसको
सपना जस्तै जोबनको
रगत बनेर पानी
भरोसा साँचिहरन्थ्यो ।

अहिले अतीत झस्काइरहन्छ
पक्डेर कलेजोमा कतै, मुटुुमा चिमोटिरहन्छ
बासी कल्पना आउँछन् आँखाअघि
मरेका सपना नाच्छन् आँखाअघि
अधमरा प्रतिज्ञा रुन्छन् आँखाअघि
स्मृति बर्सिरहन्छ आँखामा
र, बुढो भिजिरहन्छ ।
र, बुढो मक्किइरहन्छ ।

पुछिएर जान्छ मलहम
चोट बसिरहन्छ
पात्र पुग्छ नेपथ्यमा
सम्झना बसिरहन्छ
बलियो बनाउने सम्बन्धहरू
चुँडिन्छ र मन निर्बल हुन्छ
उत्साह दिने भावना
परास्त हुन्छ र शोक दिन्छ
कहिले गर्वले ढाक्छ छाती
कहिले पराजयको भुमरी चल्छ
नसानसामा पश्चात्ताप बगिरहन्छ
पलपलमा इतिहास रोइरहन्छ
जीवनन्तता उड्दै जान्छ
ऐंजेरू झ्याङ्गिरहन्छ ।
पानी परिरहन्छ, मुढो भिजिरहन्छ ।
स्मृति बर्सिरहन्छ, बुढो रुझिरहन्छ ।

पभमबचवष्घघण्२नmबष्।िअयm

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *