पञ्चावती सद्भाव समाजबाट पुरस्कार वितरण कार्यक्रम सम्पन्न


(श्री पञ्चावती माध्यमिक विद्यालय र माध्यमिक विद्यालय भलायडाँडाका विद्यार्थी पुरस्कृत)

पञ्चावती सद्भाव समाजले यही कात्तिक १६ गते श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र माध्यमिक विद्यालय, भलायडाँडा, खाटडाँडामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विभिन्न विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण ग¥यो । ती पुरस्कारहरु विभिन्न महानुभावले अक्षय कोष राखी पञ्चावती सद्भाव समाजको संयोजकत्वमा स्थापना गर्नु भएको हो ।

श्री पञ्चावती माध्यमिक विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहको अध्यक्षता समाजका अध्यक्ष श्री मधुरमण आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धनबहादुर कार्की, पञ्चावती सद्भाव समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, प्रा.डा. गीता शर्मा आचार्य, विद्यालयका प्रधानाध्यापक श्री भोला के.सी.,  स्थानीय नेता तथा बुद्धिजीवी श्री बोधकुमार घिमिरे, शिक्षा र सामाजिक समिति संयोजक श्री संगीता वि.क. समेतले मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा स्थानीय प्रबुद्ध व्यक्तिहरु, विद्यालयका शिक्षक र विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष श्री मधुरमण आचार्य, गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर लगायतका अतिथिहरुले पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

वितरित पुरस्कार र पुरस्कृत विद्यार्थीको विवरण यस प्रकार रहेको छः

१. स्व. अनुज स्मृति पुरस्कार

  • स्व. अनुज निरौलाको स्मृतिमा उहाँका पिता श्री टीकादत्त निरौलाद्वारा स्थापित
  • एस.एल.सी.(प्रवेशिका) परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने

२०७१ साल — श्री अनिश रोकाहा

२०७२ साल — श्री विशाल रोकाहा

२. स्व. ईश्वरीप्रसाद निरौला÷श्रीमती पूर्णकुमारी निरौला पुरस्कार

  • स्व. ईश्वरीप्रसाद निरौला (नेपाली विषयका शिक्षक) र श्रीमती पूर्णकुमारी निरौलाको सम्मानमा उहाँका सन्ततिहरुद्वारा स्थापित
  • एस.एल.सी.(प्रवेशिका) परीक्षामा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने

२०७१ साल — श्री अनिश रोकाहा

२०७२ साल — श्री विशाल रोकाहा

३. स्व. माधवप्रसाद दाहाल÷श्रीमती सुशीला दाहाल पुरस्कार

  • स्व. माधवप्रसाद दाहाल (पूर्व गणित शिक्षक) र श्रीमती सुशीला दाहालको सम्मानमा उहाँका सन्ततिहरुद्वारा स्थापित
  • एस.एल.सी.(प्रवेशिका) परीक्षामा अनिवार्य गणित विषयमा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने

२०७१ साल — श्री अनिश रोकाहा

२०७२ साल — श्री विशाल रोकाहा

४. स्व. त्रिलोचन—देवमाया—बेनुका कोइराला स्मृति पुरस्कार

  • स्व. त्रिलोचन कोइराला (स्थानीय समाजसेवी÷शिक्षाप्रेमी) तथा उहाँका पत्नीहरु देवमाया र बेनुका कोइरालाको स्मृतिमा उहाँका सन्ततिहरुद्वारा स्थापित
  • एस.एल.सी.(प्रवेशिका) परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका छात्रालाई प्रदान गरिने

२०७१ साल — सबै अनुत्तीर्ण भएकाले कसैलाई दिइएन

२०७२ साल — श्री तेज कुमारी सुनुवार

५. श्री दुर्गाप्रसाद÷इन्दिरादेवी आचार्य पुरस्कार

  • श्री दुर्गाप्रसाद आचार्य (स्थानीय समाजसेवी÷शिक्षाप्रेमी) र उहाँकी पत्नी इन्दिरादेवी आचार्यको सम्मानमा उहाँका सन्ततिहरुद्वारा स्थापित
  • १० जोड २ परीक्षामा शिक्षा शास्त्र संकायतर्फ सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने

२०७१ साल — श्री संजीव गिरी

२०७२ साल — श्री महेश गिरी

उपर्युक्त प्रत्येक पुरस्कारको राशी रु. ५०००।०० (रु. पाँच हजार मात्र) रहेको थियो ।

यसका अतिरिक्त कक्षा २ देखि १० कक्षासम्मका प्रथम विद्यार्थीहरुलाइ जनही रु. १००० ((रु. एक हजार) राशीको पुरस्कार प्रदान गरिएको थियो ।

श्री माध्यमिक विद्यालय भलायडाँडा, खाटडाँडामा समेत पुरस्कार वितरण कार्यक्रम

यसैगरी २०७५ साल कात्तिक १६ गते श्री माध्यमिक विद्यालय भलायडाँडा, खाटडाँडामा समेत पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो । पुरस्कार वितरण समारोहका अध्यक्षता गर्नुहुने पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री मधुरमण आचार्यले श्री माध्यमिक विद्यालय भलायडाँडा, खाटडाँडाकी छात्रा श्री रचना राईलाई लक्ष्मी स्मृति पुरस्कार प्रदान गर्नुभयो भने समरोहका प्रमुख अतिथि एवं उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री सानु राउतले उपहार प्रदान गर्नुभयो । सो समारोहलाई उहाँहरुका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री मणिप्रसाद तिम्सिनाले समेत सम्बोधन गर्नुभएको थियो । समारोहमा स्व. लक्ष्मी दाहालको स्मृतिमा एक मिनट मौन धारण समेत गरिएको थियो ।

श्री दीनानाथ दाहाल र श्री पार्वती दाहालले उहाँकी छोरी स्व. लक्ष्मी दाहाल (विनिता) स्मृतिमा पञ्चावती सद्भाव समाजको संयोजकत्वमा लक्ष्मी सहारा कोषको स्थापाना गर्नुभएको र सोही कोषबाट श्री माध्यमिक विद्यालय भलायडाँडा, खाटडाँडाका प्रतिभावशाली र जेहेनदार छात्रालाई लक्ष्मी स्मृति पुरस्कारबाट पुरस्कृत गर्ने व्यवस्था भएअनुसार सोही विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने छात्रा श्री रचना राईलाई लक्ष्मी स्मृति पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी रु. ५०००।०० रहेको थियो ।

दुवै कार्यक्रमको संचालन समाजका कोषाध्यक्ष श्री केदार आचार्यले गर्नुभएको थियो ।

38 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *