पञ्चावती माध्यमिक विद्यालयमा पुरस्कार वितरण

पञ्चावती माध्यमिक विद्यालयमा मिति २०८२ साल वैशाख २६ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नुभएको थियो। उदयपुरगढी गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष श्री कुमार अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। सो कार्यक्रममा समाजका पूर्वअध्यक्ष द्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। यसका साथै सो कार्यक्रममा उच्च अदालतका पूर्वन्यायाधीश श्री प्रेमराज कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदमराज कार्की, वरिष्ठ इन्जिनियर श्री धनबहादुर थापा, पूर्वप्रहरी नायव उपरीक्षक द्वय श्री बुद्ध कुमार राई र बालकृष्ण पोखरेलले समेत आतिथ्य ग्रहण गर्नुभएको थियो। यसैगरी सो कार्यक्रममा समाजका उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीपकुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री भक्तवहादुर राई, समाजका कोषाध्यक्ष श्री तेजमणि काफ्ले र सदस्य श्री सूर्यबहादुर के.सी. लगायत स्थानीय अभिभावक, बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भक्तबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने श्री ओमबहादुर राउत, श्री मधुरमण आचार्य, श्री मिथिला राउत, श्री प्रेमराज कार्की र श्री पद्मराज कार्कीले मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि श्री कुमार अधिकारीले प्रेरणादायी विचार र अध्यक्ष श्री डिल्लीरमण आचार्यको मन्तव्यका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो।

सो कार्यक्रममा निम्नानुसारका पुरस्कार वितरण गरिएको थियो-

क्र. सं.पुरस्कारको नामपुरस्कार स्थापनाकर्तापुरस्कार पाउने आधारसालपुरस्कृत विद्यार्थी
१.दुर्गाप्रसाद-इन्दिरादेवी स्मृति पुरस्कारसमाजसेवी पिता दुर्गाप्रसाद आचार्य र माता इन्दिरादेवीको स्मृतिमा उहाँका सन्ततिहरूकक्षा बाह्रमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी२०८०सविता राई
२.अनुज स्मृति पुरस्कारस्वर्गीय अनुज निरौलाको स्मृतिमा उहाँका पिता टीकादत्त निरौलाएसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी२०८०यमुना सुवेदी
३.त्रिलोचन-देवमाया-बेनुका स्मृति पुरस्कारसमाजसेवी पिता त्रिलोचन कोइराला र माताहरूको स्मृतिमा उहाँका सन्ततिहरूएसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्रा२०८०यमुना सुवेदी
      
४.माधव-सुशीला स्मृति पुरस्कारपञ्चावती मा वि का पूर्व गणित शिक्षक माधव दाहालको स्मृतिमा उहाँका सुपुत्र मदन दाहालएसइईमा गणित विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी२०८०सोमबहादुर सुनुवार
५.ईश्वरीप्रसाद-पूर्णकुमारी स्मृति पुरस्कारपञ्चावती मा वि का पूर्व नेपाली एवं संस्कृत शिक्षक ईश्वरीप्रसाद निरौलाको स्मृतिमा उहाँका सन्ततिहरूएसइईमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी२०८०तुलसा सुनुवार
६.अमृत बहादुर- लक्ष्मीकुमारी कार्की पुरस्सकारसमाजसेवी पिता अमृत बहादुर कार्की र माता लक्ष्मीकुमारी कार्कीको सम्मानमा उहाँका सन्ततिहरूकक्षा ८ को परीक्षामा सर्वोत्कष्ट अङ्क हासिल गर्ने एक जना छात्र र छात्रा२०८१छात्रः आयुस कार्की छात्राः विद्या धमला

यी सबै पुरस्कारको राशि रु.५,०००/- रहेको छ।

सोही कार्यक्रममा विद्यालयबाट २०८१ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। पञ्चावती सद्भाव समाजका तर्फबाट १ देखि ९ कक्षामा प्रथम हुने विद्यार्थीलाई जनही रु.१,०००/- पुरस्कार प्रदान गरिएको थियो।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *