समाजमा विभिन्न किसिमका मानिसहरू रहन्छन् । समाजमा रहेका मानिसलाई विभिन्न तरिकाले विभाजन एवं वर्गीकरण गर्नु र तिनलाई विभिन्न खेमामा सङ्गठित गर्नु नै सायद राजनीति हो । राजनीति विभाजनको खेल हो । नेपालमा पनि विभाजनका विभिन्न शृंखला चलिरहेका छन् । वर्ग विभाजनका शृंखला, जात, धर्म, वर्ण, क्षेत्र, लिङ्गका आधारमा विभाजनका शृंखला र अहिले आएर नयाँ र पुरानाबिचको विभाजनको शृंखला । नयाँ दल तथा शक्तिहरू एकातिर संगठित र एकीकृत हुँदैछन्, अर्कातिर पुराना दलहरू पनि नयाँ रणनीति अख्तियार गर्दैछन् । पुराना दलमा पनि नयाँ व्यक्तिलाई अवसर दिने, नयाँ नेतृत्त्व छान्ने लहर चलिरहेको छ । जेन-जी आन्दोलनपछि पुरानाले केही गर्न सकेनन्, अब पालो नयाँको भन्ने भाष्य जोडतोडले अगाडि बढिरहेको छ । दोस्रो जनआन्दोलन र नयाँ संविधान निर्माणपछि जनतामा छरिएको विकासको आशा पूरा हुन नसकेको हुनाले यो भाष्यको सिर्जना भएको हो । निरपेक्षरूपमा हेर्दा हामी विकासको बाटोमा छौं । बाटाघाटा, अस्पताल, स्कुल बनेका छन् । सापेक्षरूपमा हेर्ने हो भने हामी आफ्ना समकक्षीहरूभन्दा तल खस्केका छौं । कुनै समयमा भारत र चीनसँग तुलना हुने हाम्रो आर्थिक अवस्था अहिले तुलना हुन नसक्ने स्थितिमा पुगिसकेको छ । हाम्रो इतिहासको गौरव र हाम्रो प्राकृतिक सम्पदाको महिमा गानमा मग्न भएर बसिरहेका छौं, हाम्रा आफ्ना पौरखका गीत रच्न सकेका छैनौं । तीव्र गतिमा अगाडि बढिरहेको विश्वको तुलनामा हाम्रो गति सुस्त छ,
Author: KP Acharya
नो, आई क्यान्ट स्पिक इङ्लिस !
म भरखर नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेको थिएँ । थापाथलीमा रहेको बैंकिङ कार्यालयमा काम गर्थें । आई. ए. पास गरेको थिएँ र सायद रत्नराज्य कलेजमा बिहानीको सत्रमा बी. ए. पढ्दै थिएँ । नयाँ जागिर थियो, त्यो पनि सबैले राम्रो मानेको कार्यालयमा । त्यसअघि सिन्धुपाल्चोलको चौतारास्थित जिल्ला प्रशासन कार्यालयमा सह-लेखापाल थिएँ । अब काठमाडौंमा बसेर जागिर खाने मौका मिलेको थियो । पढाइलाई अघि बढाउन पाएको थिएँ । खुशी र उत्साहले म भरपूर थिएँ । एक दिन कार्यालयबाट अनुमति लिएर बाहिर निस्केको थिएँ । मलाई रत्नपार्कसम्म पुगेर आउनु थियो । म बैंकिङ कारोबार गर्ने नभई रेकर्ड राख्ने र बैंक स्टेटमेन्ट तयार पार्ने काममा रहेको हुनाले केही समय बाहिर निस्कन गाह्रो थिएन तर आफ्नो काम सक्नु नै पर्थ्यो । कार्यालयबाट बाहिर निस्केर राम भण्डार कट्नासाथै एक जना बिदेशीले मलाई रोके र सोधे, ‘क्यान यु स्पिक इङ्लिस् ?’ मैले उनको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिएँ, ‘नो, आइ क्यान्ट स्पिक इङ्लिस !’ यति भनेर म आफूभन्दा अग्ला र बलिया ती विदेशीलाई उछिनेर फटाफट अगाडि बढें । केही कदम हिँडेपछि मलाई गल्ती महसुस भयो । मैले अंग्रेजी भाषामा सोधिएको प्रश्न भलिभाँती बुझेर अंग्रेजी भाषामा नै अंग्रेजी भाषा जान्दिन भन्ने जवाफ दिएको थिएँ । म जस्तो अप्ठेरो मानिस को हुन सक्थ्यो ? मैले त्यति वेलासम्ममा
कठिन प्रश्नको मौन सामना
नागरिकता बनाउन खोज्दा आइपरेका प्रशासनिक झमेला सहन गर्न नसकी बर्दियामा एक विवाहित महिलाले आत्महत्या गरिन् । केही समयपछि उनका पिताले पनि आत्महत्या गरे । मुलुकमा एकातिर जनमुखी प्रशासन, मुस्कानसहितको सेवा, गाउँगाउँमा सिंहदरबार जस्ता नारा गुञ्जिरहेको छ, अर्कोतिर जनताको यो हदसम्मको बिजोक छ । हुन पनि नेपालमा यस्ता सामाजिक समस्या र प्रशासनिक जटिलता छन् जसको उत्तर पाउन हरकोहीलाई कठिन छ । म पनि आज आफूले देखेको जटिलता प्रस्तुत गर्दैछु । म त्यो समयमा विराटनगरको नेपाल राष्ट्र बैंकमा कार्यरत थिएँ । मेरो काम पुराना, च्यातिएका र जलेका नोटहरूको सटही स्वीकृति दिनु पनि थियो । सामान्य तरिकाले पुराना भएका नोट त काउन्टरबाटै साटिन्थे । विवादास्पद नोटहरूको बारेमा मैले टुङ्गो लगाउनु पर्थ्यो । म क्यासियरको कोठामा बैकबाट आएको पैसा व्यवस्थापनको काम गरिरहेको थिएँ । मलाई कार्यकक्षमा आउन भनेर कसैले खबर ग¥यो । म आफ्नो काम छिटो सकेर कार्यकक्षमा पुग्दा एक जना महिला मलाई पर्खेर बसिरहेकी रहिछन् । ‘के थियो तपाईको ?’ मैले सोधें । ‘पैसा साट्नुपर्ने थियो ।’ उनले भनिन् र प्लास्टिकको थैलो अगाडि बढाइन् । खोलेर हेर्दा एक हजार र पाँच सयका अधकल्चा नोटहरू थैलोमा थिए । फाटेका नोटहरू सटहीका लागि ल्याउँदा सिङ्गो नोट बराबरको खाली कागज नोटको पछाडि टाँस्नुपर्छ भनेर कसैले भनिसकेको रहेछ । ती नोटमा कागज टाँसिएका थिए । ‘पैसा त
मतदानका लागि रूदाने चेकलिस्ट
रूदाने हामी कसैका लागि नयाँ नाम होइन । वि.सं. २०५६ सालमा यस धरतीबाट विदा भएका रूदाने (रूपचन्द्र बिष्ट) ले २०१५ सालको चुनावदेखि सायद आखिरी चुनावसम्ममा भाग लिए (सबैमा होइन) । स्नातकतर्फ र जनताबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनले पञ्चायत र राजतन्त्रविरूद्ध दुन्दुभी बजाएका थिए । उनी प्रधानपञ्च बनेर गाउँको विकास गरे, प्रधानाध्यापक बनेर शिक्षाको ज्योति फैलाए । समाज सुधारका अनेक प्रयोग र प्रयास गरे । थाहा आन्दोलन चलाएर उनले नेपाली समाजको तल्लो तहमा समेत चेतना फैलाएका थिए । रूदानेले नेपालको राजनीतिमा केही मानकहरूको स्थापना गरेका छन् । उनका सफलता र असफलताहरूलाई एकातर्फ राखेर हेर्दा पनि जनताको हित र चेतनाको विकासप्रतिको प्रतिबद्धता, सम्झौताहीन संघर्ष र विशिष्ट जीवनशैलीका आधारमा उनको काम कारवाहीलाई अनुकरणीय मान्नैपर्छ । आफूले चुनेर पठाएका नेताहरूले नै जनताहरूलाई एक वा अर्को प्रकारले धोका दिएको अनुभूति कतिपय जनतामा विद्यमान छ । देशले विकासको गति लिन नसकेको बरू भ्रष्टाचार र कुशासनको जगजगी भएको सोच आम नेपाली जनमानसमा छ । यही सोचको पृष्ठभूमिमा नै जेन-जी आन्दोलन भएको थियो । जेन-जी आन्दोलनका विभिन्न सीमा र कमजोरी हुँदाहुँदै पनि यही आन्दोलनको कारण नेपालमा चाँडै अर्को चुनाव भइरहेको छ । यो चुनावमा असल नेता छान्न सघाउ पुग्ला भनेर मैले रूदानेको राजनैतिक दर्शन र व्यवहारमा आधारित भएर केही बुँदा सुझाएको छु । सायद सही उम्मेदवारलाई
अदृश्य हातहरूको खोजी
भदौ २३ गते काठमाडौं र २४ गते सिङ्गो नेपाल आन्दोलनको चपेटामा रह्यो । त्यस क्रममा अहिलेसम्म ७२ जनाले मृत्युवरण गर्नुपरेको छ (म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु), घाइतेको संख्या ५०० भन्दा बढी छ (म शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु) । सार्वजनिक, सरकारी, निजी सम्पत्तिको अपार नोक्सान भएको छ । त्यही आन्दोलनको जोडमा श्री सुशीला कार्की (पूर्वप्रधानन्यायाधीश) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । संसद विघटन भएको छ र आउँदो फागुन २१ गते नयाँ निर्वाचन तोकिएको छ । संविधानका केही धाराहरू निस्तेज भएका छन् । सार्वजनिक जीवनका चर्चित व्यक्तिहरू अहिले ‘भूमिगत’ भएका छन् । दुई दिन चलेको आन्दोलनले नेपालमा ठुलो फेरबदल ल्याइएदिएको छ । यो आन्दोलन जेन-जी पुस्ता (सन् १९९७ देखि सन् २०१२ भित्र जन्मिएका युवाहरू) ले आह्वान गरेको थियो । उनीहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूतिको माग राखेर आन्दोलन गरेका थिए । उनीहरूले सत्ता र शक्तिको आडमा नेताका सन्तानहरूले बिताइरहेको बिलासी जीवनशैलीको विरोधमा सामाजिक सञ्जालमा ‘नेपोबेबी’ आन्दोलन चलाइरहेका थिए । त्यही समयमा सरकारले फेसबुक, एक्स (ट्वीटर), युट्युव, ह्वाट्स्एप लगायतका सामाजिक सञ्जालमा लगायो (भदौ १८ देखि) । सरकारले सर्वोच्च अदालतको आदेशका कारण यी सामाजिक सञ्जालमा रोक लगाएको भनिरहेको थियो तर सरकारका काम कारवाहीका बारेमा यी सञ्जालमार्फत हुने आलोचना रोक्न यसो गरिएको आम बुझाइ थियो । सामाजिक सञ्जाल नियमन गर्ने कानुन (ऐन)
कुण्ठाग्रस्त गुरु, युद्धरत चेला
महाभारतको युद्धमा भारतवर्षको सबै वैभव विनाश भयो । ज्ञान र विज्ञानका शाखा प्रशाखाहरू पनि धूमिल भएर गए । एक से एक राजामहाराजा, वीर महापुरूष, गुरु र आचार्यहरू त्यो युद्धमा मारिए । युद्धको केही समयपछि यदुवंशीको पनि पतन भयो । श्रीकृष्ण पनि मारिए । द्वापर युगको अन्त्य भयो र कलिको प्रारम्भ भयो । यति भयावह युद्धको कारण के थियो ? धृतराष्ट्रलाई राजा नबनाएर उनका भाइ पाण्डुलाई राजा बनाउने समयमा भएको चतुर्याइँ ? आखिर पाण्डुको निधनपछि त उनै धृतराष्ट्र राजा हुन योग्य भए त ! पाण्डुको असामयिक मृत्युले निम्त्याएको दरबारी षडयन्त्र ? धृतराष्ट्र राजा भएपछि त स्वाभाविक रूपमा दुर्योधनलाई युवराज घोषित गरिनुपर्ने हो नि ! किन र कसरी युधिष्ठिर युवराज घोषित भए ? शकुनीको कपट र उनको मायावी पाशा ? द्रौपदीको अद्भूत सौन्दर्य र उनको कठोर वचन ? आफ्ना फुपूका छोराहरू हस्तिनापुरका राजा हुन् भन्ने श्रीकृष्णका स्वार्थ ? अनेक कुरा हाम्रो मनमा आउँछन् । हुन पनि कुनै पनि घटनाका पछाडि अनेक कारण हुन्छन् – तात्कालीक कारण, दीर्घकालीक कारण, आर्थिक कारण, सामाजिक कारण, मनोवैज्ञानिक कारण आदि । एउटा हातले ताली बज्दैन पनि । कतै महाभारत युद्धको कारण हस्तिनापुर दरबारमा दिइएको शिक्षा त थिएन ? यसको अन्तरकुन्तरमा गुरु द्रोणाचार्य र उनको शिक्षादीक्षाको भूमिका त थिएन ? म यस ब्लगमा त्यसका सम्भाव्यताबारे केही चर्चा गर्नेछु
बाको पोस्टमार्टम रिपोर्ट
आजभन्दा उनन्चालिस वर्षअघि बाको देहावसान हुँदा म अठार वर्षको थिएँ । त्यति वेलासम्म घरको सारा जिम्मेवारी बाले नै सम्हालिरहनुभएको थियो । खेतीपाती र गाईवस्तुको कामचाहिँ उहाँले केही वर्षअघिबाट छोड्नुभएको थियो । किनमेल गर्न लाहान जान पनि छोड्नुभएको थियो । तर घरको रिनधन उहाँकै थाप्लोमा थियो, परिवारको अन्तिम जिम्मेवारी उहाँकै काँधमा थियो । लाहानको कपडा व्यापारीसँग भएको उधारो खातामा पनि उहाँकै नाम थियो होला । उहाँ जति कमजोर हुनुभएको भए पनि हाम्रो लागि उहाँ दरिलो भर हुनुहुन्थ्यो । बालाई गुमाउनु पर्दा स्वाभाविकरूपमा नै हामी सबै पिरमा थियौं, चिन्तित बन्यौं, रोयौं, करायौं । बालाई गुमाएको केही समयपछि हामीले चित्त पनि बुझायौं । “बा पहिलादेखि नै कमजोर हुनुहुन्थ्यो, बुढो हुनुभयो, बिरामी पर्नुभयो, जानुभयो” भन्ने सोच्यौं । आज सम्झन्छु, त्यहाँ चित्त बुझाउने ठाउँ नै रहेनछ, बा बुढो हुनुभएको रहेनछ । आज म करिबकरिब बा स्वर्गवासी हुनुभएको उमेरमा छु र अझै समय छ भनेर सोचिरहेको छु । मेरो के कुरा, म भन्दा बीसपच्चिस वर्ष जेठा मानिसहरू हामी बुढा भएका छैनौ भनेर रेडियो टेलिभिजनमा बोलिरहेका छन् । बाको त के उमेर भएको रहेछ र ! उचित सह्यारबिनाको बाल्यकाल, संघर्षपूर्ण युवावय, कृषिकर्मका कहिले नसकिने परिश्रमले गाँजेको गृहस्थी ! यिनै अप्ठेरा र असजिलाहरूले बालाई असमयमा नै बुढो बनाइदिएको रहेछ । उसो त, सानो बच्चालाई त आफूभन्दा जेठो जति
बलिदानका कथाहरू पढ्दा
बोधकुमार घिमिरेको कथा सङ्ग्रह ‘बलिदानका कथाहरू’ पढें । नातामा दाजु भए पनि मित्रवत् सम्बन्ध भएकाले यो किताब उपहारस्वरूप नै पाएको थिएँ । साहित्य सिर्जनामा लामो समयदेखि तल्लीन रहेका लेखकको यो पहिलो पुस्तकाकार कृति हो । यसका लागि म लेखकलाई बधाई दिन्छु । यस कथा सङ्ग्रहमा एघारवटा कथा छन् । यी कथाहरूले नेपाली समाजको सजीव चित्रण गरेका छन् । जनमानसमा रहेको विश्वास प्रकट गर्ने मिथक पनि यस सङ्ग्रहमा छ । कथानक यी कथाका कथावस्तु मूलतः सामाजिक यथार्थवादमा आधारित छन् । समाजमा भएका र हुनसक्ने घटनाका आधारमा कथानक बुनिएको छ । कल्पनाभन्दा पनि सत्यघटनाको प्रस्तुतिमा कथाकारको जोड रहेको छ । ‘अधुरो चाहना’, ‘अन्तिम दृश्य’, ‘आस्थाको अवसान’ र ‘पल्लो घरको बत्ती’ शीर्षकका कथामा समाजमा माओवादी ‘जनयुद्ध’ क्रियाशील हुँदा त्यसले समाज र व्यक्तिमा त्यसले पारेको असर र प्रभावको विहङ्गम चित्रण रहेको छ । ‘सेतो लुगा’ले एकातिर आफूलाई द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने कथित क्रान्तिकारी व्यक्तिका रूढीग्रस्त मानसिकता र आडम्बर देखाएको छ भने अर्कोतिर सोच होइन बोली मात्र प्रगतिशील भएका कार्यकर्ताको दास मनोविज्ञान पनि उजागर गरेको छ । कथा संग्रहको शीर्षक ‘बलिदानका कथाहरू’ चयन गरेबाट लेखकले यिनै कथाहरूलाई प्राथमिकता दिएको देखिन्छ । ‘उदयचन्द्रको रथ’ र ‘दलमुखी’ मा उदयपुरगढी आसपास प्रचलित मिथकलाई कथाको आकार र स्वरूप प्रदान गरिएको छ । मिथक भए पनि पुस्तान्तरण हुन नसकेर
काजीमानको कायापलट
परिस्थितिले काजीमानलाई फेरि हर्कवीर साहुको आँगनमा पुर्यायो । काजीमानका पुर्खाहरू गोरखाबाट आएका हुन् । यिनका पुर्खा पृथ्वीनारायण शाहको फौजमा रहेछन् । अनि त्यो फौजले यहीँ गढी कायम गरेर बस्दा उनका पुर्खा पनि यतै बस्न थालेछन् । पहिला यिनीहरूको खेतीपाती प्रशस्तै थियो । भाइअंश लाग्दै गयो, खेतबारी बाँडिदै गयो, बिक्रीबट्टा हुँदै गयो । समयसँगै कुनै परिवार बलियो हुँदै जान्छ, कुनै परिवार कमजोर बन्दै जान्छ । काजीमानको परिवार कमजोर हुँदै गयो । हर्कवीरको आँगनमा पुग्नुको उद्देश्य पुरानै थियो, सापटी । साउँब्याज समयमा नै तिर्ने आश्वासन । गर्जो टार्नुपर्ने बाध्यता । समयले ठगेको बाहाना । बाइस वर्षको उमेरमा बिहे गरेर बाउसँग छुट्टिएपछि उसले गाउँमा होटल खोल्यो । अंशमा परेको एक कित्ता खेत बेचेर उसले होटल खोलेको थियो । गाउँमा बाटो खुलेको र मानिसको चहलपहल बढेकाले होटल चल्ने उसको आश थियो । बाहिरबाट आउने मानिसले यसो खाना खाजा खान्थे, जान्थे । बासै बस्नेगरी मानिस उति आउँदैनथे । बरू गाउँकै मानिसले उधारो खान्थे । बिस्तारै काजीमान आफू नै होटलको सबभन्दा ठुलो ग्राहक भयो । होटल सुक्दै गयो र बन्द भयो । “होटल चलेन, अब कुखुरा पालन गर्छु ।” काजीमानले नयाँ योजना ल्यायो । कुखुराको खोर बन्यो । गाउँपालिकाले कुखुराको खोरमा चाहिने चारो खुवाउने भाँडा लगायतका सामान अनुदान दियो । ज्वाइँले उद्यम गर्छन् भने सहयोग गरौं
हाम्रो यात्राको कथा
“सबै यात्रुहरू विमानमा आइसक्नु भएको छ । हामीले उहाँका सामानहरू पनि राखिसकेका छौं । अब यात्रुहरूले सिटको पेटी बाँध्नुहोला। हामी चाँडै आकासमा उड्दैछौं र लामो समयदेखि सोचिरहेको आफ्नो गन्तव्यमा पुग्दैछौं । यो नयाँ यात्राको लागि हामी सबैलाई बधाई छ।” सुमधुर सङ्गीतका बिच एयसहोस्टेसको यो उद्घोषले सबैलाई रोमाञ्चित बनायो। सबैले सिटको पेटी बाँधे।भुइँ छोड्ने वेला दुर्घटनाको सम्भावना धेरै हुने भएकाले सबै मौन प्रायः थिए।हुन पनि दक्षिणबाट कालो बादल उठेर केही अनिष्ट पो गरिहाल्छ कि जस्तो भइरहेको थियो। यो रोमाञ्चलाई मनमा समेट्न नसक्नेहरू मसिनो आवाजमा नजिकका यात्रु साथीहरूसँग गफ गरिरहेका थिए। “कहिले पुगिन्छ ? त्यहाँको मौसम कस्तो छ ? त्यहाँका घर कस्ता हुन्छन् ? खानेकुरा के हुन्छ ? यहाँ जस्तो दुःख त हुन्न होला नि ? त्यहाँ त छोराछोरी पढाउन र बिरामीको उपचार गर्न पनि पैसा लाग्दैन रे, हो ?” उत्तर पनि आइरहेको छ, मन गढन्ते, स्वर्गको बयान जस्तो । के पो पुगेको छ र, स्वर्गमा ? झट्ट हेर्दा नयाँ जस्तो देखिए पनि यो यात्रा पूरै नयाँ चाहिँ थिएन। जहाज कुन टिमले उडाउने भन्ने विवादको कारण यो जहाज केही समय रनवेमा रोकिएको थियो । रन वेमा कुद्ने र रोकिने क्रम पटकपटक चलेको थियो । केही पटक त उडेको जहाज पनि रनवेमा फर्काइएको थियो । यसपटक पाइलटहरूको नयाँ टिमले जहाज चलाउने भएका थिए।
