लकडाउनको समयमा म महाभारत टेलिभिजन श्रृंखला हेर्दैछु । छोरा देवव्रतलाई लिएर पत्नी गङ्गा स्वर्ग फर्केपछि शान्तनु एक्लै हुन्छन् । यसैबीचमा गङ्गाले युवा र शिक्षादीक्षा प्राप्त गरेका देवव्रत शान्तनुलाई फर्काउँछिन् तर आफू पूर्ववत् शान्तनुको पत्नी भएर बस्न अस्वीकार गर्छिन् । छोरा देवव्रत प्राप्त भए पनि शान्तनुकी रानी भने हुन्नन् । शान्तनुले देवव्रतलाई युवराज समेत घोषित गर्छन् । यसैबीचमा एक दिन सिकार खेल्न जाँदा एक जना सुन्दरी नाविक युवतीसँग शान्तनुको भेट हुन्छ । उनी सत्यवती हुन्छिन् । परासर ऋषिसँगको संसर्गपछि शरीरबाट माछाको गन्धको ठाउँमा एक योजनसम्म सुगन्ध फैलाउने ती युवतीले अधवैंशे एक्ला राजालाई मोहित पार्छिन् । राजा शान्तनु लामो हिचकिचाहटपछि सत्यवतीलाई विवाहको प्रस्ताव राख्छन् । तर ती युवती आफ्नो विवाहको निर्णय गर्ने जिम्मा आफ्नो बुवासँग रहेको भनेर निर्णय दिनबाट पन्छिन्छिन् । राजा सुन्दरीको बुवा दासराजको घरमा जान्छन् । तर राजा आफ्नी छोरीको छोरा राजा हुनुपर्ने सर्त राख्छन् । हुनेवाला ससुराको कुरा सुनेर राजा शान्तनुको सातो उड्छ । जेठी पत्नी गङ्गातर्फ लक्का जवान छोरा भएका र तिनलाई युवराज पनि घोषित गरिसकिएको अवस्थामा अब विवाह हुने रानीबाट जन्मने बच्चोलाई राजा बनाउने सर्तमा विवाह गर्नु उचित थिएन । उनी त्यहाँबाट फनक्क फर्कन्छन् अनि सिकार क्याम्पमा झोक्राएर उनको दिन बित्न थाल्छ । आफ्नो बाबुको चिन्ताको कारण पत्ता लगाउन देवव्रतलाई सकस नै पर्यो । तर बाबु शान्तनुको
Category: Views
त्यो ताँती, यो पङ्क्ति
मुटु गाउँमा छोडेर सहर आएकाहरू, अहिले गाउँ फर्कंदैछन् काम र माम बन्द भएपछि सहरमा, पुरानो टुङ्गोमा फर्कंदैछन् बाटो बन्द भएर हण्डर खाएका छन्, चक्रव्युहका अभिमन्यु जस्तै हरेक दिन अनन्त दुःखका, नयाँ श्रृंखला भोगिरहेका छन् । विना विश्राम र आराम अनवरत अघि बढिरहेका छन् हजारौं कोसको यात्रा पैदल नै पूरा गरेका छन् कसले भन्छ खाना चाहिन्छ बाँच्नका लागि बस् भावनाको शक्तिनै पर्याप्त ठानिरहेका छन् । सहर सधैं झैं निष्ठुर छ र बस् आदेश फर्माइरहेको छ सहर सधैं झैं क्रुर छ र कठोर लाठी बर्साइरहेको छ सहर सधैं झैं लोभी छ र केवल बहाना खोजिरहेछ सहर सधैं झैं स्वार्थी छ र ढोका बन्द गरिसकेको छ । यो वैभव यति गरिब होला जस्तो लागेको थिएन यो संस्कृति यति नीच होला जस्तो लागेको थिएन यो सभ्यताको इतिहास तिम्रो भोक देखेर लज्जित भएको छ यो वर्तमानको बाचा तिम्रो पीर देखेर खण्डित भएको छ । तिम्रो नाङ्गो खुट्टाको घाउ छातीभित्र दुखिरहेछ मेरो तिम्रो असीम दुःख आँखामा बगिरेहेको छ मेरो यात्राको त्यो ताँतीलाई बस् पङ्कति बनाइरहेको छु म विवश बन्दी बनेको छु, यसरी अभिशप्त छु म । जाऊ आफ्नो गन्तव्यमा सुरक्षित पुग्न सक साथी आफ्ना लालाबालासँग भावना साट्न सक साथी कठोर जिन्दगीका भोगाइबाट नसिक क्रुरताको पाठ दुनियाँलाई मानवताको निकै खाँचो रैछ साथी । ShareTweet0 Shares
अविजित मृत्यु, अजेय मान्छे
कोरोना भाइरसबाट मानिसमा लाग्ने कोभिड-१९ नाम दिइएको रोगका कारण अहिले विश्व संत्रस्त छ । वैशाख ३ गते बिहान यो ब्लग लेखिरहँदा १९,९७,९०६ संक्रमित भएका छन् जसमध्ये १,२६,६०० को मृत्यु भइसकेको छ । ४,७८,५५७ भने निको भएर घर फर्केका छन् । यसरी हेर्दा १३,९२,७४९ जना अहिले कोभिड-१९ सँग जीवनमृत्युको युद्ध लडिरहेका छन् । विश्वभर संक्रमण फैलँदो छ, मृतकको संख्या बढिरहेको छ । यसको खोप र विश्वसनीय उपचार पत्ता लागेको छैन । खोप पत्ता नलगाई यस रोगलाई रोक्न नसकिने कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । स्वास्थ्य उपकरणको अभाव भएको कारण आवश्यक चिकित्सकीय सेवा पुर्याउन सकिएको छैन । सरुवा रोग भएकाले यसलाई फैलन नदिन लकडाउनको नीति करिब विश्वभर अवलम्बन गरिएको छ । कोभिड-१९ को कारक रहेको भाइरसको उत्पत्तिको कारण जे भए पनि, निदान जसरी र जहिले पत्ता लागे पनि यसले अहिले सारा दुनियाँलाई मृत्युको भयबाट संत्रस्त पारिरहेको छ । जन्मपछि मृत्यु अनिवार्य छ । तर यही मृत्युको डर हरेक जीवको लागि सबैभन्दा ठुलो डर देखिएको छ । मनिसको जीवनमा पनि यही सत्य हुनुपर्छ । त्यसैले त हिंसा सबैभन्दा ठुलो अपराध हो, मृत्यु दण्ड सबैभन्दा ठुलो दण्ड । बोध विक्रम अधिकारीले सम्पादन गरेका दन्त्यकथाहरू सम्झन खोज्छु । पात्रको नाम र कथानकको श्रृंखला त बिर्सेछु तर केही मूल प्रवृत्ति सम्झन्छु । राजकुमारहरू वीर र
नयाँ वर्ष २०७७
आज सूर्य उदाएको छ निस्तेज, चन्द्रमा बिना मोहिनी हेरिरहेछ धरा निष्प्राण झैं चुप छ, आकाश रित्तो लागिरहेछ बसन्तले रङ पखालेको छ, बसुन्धराको यस पटक समय निकै फरक बनेर आएको छ । चैतको यो शीतल हावामा कामुकता हैन, भय छ कोइलीको निष्कपट सोधाइमा कुतूहल हैन, विरह छ रुखका हरेक हाँगामा मुना ओइलाएको छ यस पटक भयको बादलमुनि सिर्जना त्रस्त भएको छ । मौसम तात्दै गए पनि मुटु अझै चिसो नै छ दिन लामो भए पनि समय छोटो लागेको छ सुवास र सौरभ गुमाएका छन्, फूलहरूले यस पटक फेरिइन् प्रकृति कि, मेरो चेतना बदलिएको छ ? हरेक ध्वनिमा हाहाकार सुन्न अभ्यस्त भएको छ, कान घडीको हर टिकटिकले समय सकिएको जनाउ दिएको छ सुसेलीहरू सुस्केरामा बदलिएका छन् यस पटक अनायास ओठबाट गीत खोसिएको छ । विज्ञानको बाकसबाट निस्केको विष हो कि मदहोश मस्तीमाथि युगले दिएको सास्ती हो कि प्रकृतिको दया क्रुरतामा बदलिएको छ यस पटक विष बनेर अमृत जीवनमा घोलिएको छ । बन्द गरेर आफैंलाई ढोकाभित्र र बाँधेर गोडाहरू सबैको साथ छोडेर अनि लिएर विचलित मनहरू एउटा अर्थहीन यात्रामा निस्कनु परिरहेको छ यस पटक जीवनको उद्देश्य बाँच्नुमा सीमित भएको छ । आशिर्वादहरू शब्दहीन भएका छन् शुभकामनाहरू अर्थहीन भएका छन् फेरि पनि आशाको दियो बलिरहेको छ हुरीको बिरुवा जस्तै काँपेर हरेक आई.सी.यु.मा, आइसोलेसनमा र
धर्म अफिमको नशा हो ?
गएको पुस ३ गते (२०७६) नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए….’ भन्ने नाटक हेर्ने मौका मिल्यो । यो नाटक हवार्ड जिनको नाटक ‘मार्क्स इन सोहो’ मा आधारित रहेछ । नाटकको विषयवस्तु र प्रस्तुति निकै प्रभावकारी लागेको हुनाले मैले किताब नै इन्टरनेटमा खोजें । भेटियो पनि । सन् १९९० को दशकमा रुसमा कम्युनिष्ट सरकारको पतन र सोभियत संघको विभाजनपछि मार्क्सवादको औचित्य सकियो भन्ने विचारले विश्वमा प्रभुत्व जनाएको कुरामा विमति जनाउन उनले यो नाटक लेखेका रहेछन् । मार्क्स पुनः पृथ्वीमा फर्केर आफ्नो जीवनशैली, दर्शन र मान्यताका बारेमा स्पष्टीकरण दिएको र आफ्नो दर्शनको औचित्य पुष्टि गरेको शैलीमा यो नाटक लेखिएको छ । नाटक हेरेपछि र पढेपछि मार्क्स, मार्क्सवाद र मार्क्सवादको व्यवहारिक कार्यान्वयनसँग सम्बन्धित धेरै कुरा मनमा आए । एउटा ब्लग लेख्न मन त्यति वेलै लागेको हो तर यति ठुलो विषयमा लेख्ने आँट नै आएन । अहिले कोरोनाको कारण भएको लकडाउनमा यस विषयमा कलम चलाउँदै छु । ‘सत्य शायद ईश्वरलाई मात्र थाहा छ, बाँकी अरूले त आफूले जानेको कुरो इमानदारिताका साथ लेख्ने मात्र हो’ भन्ने आफ्नो लेखन सम्बन्धी मान्यतालाई पुनः स्मरण र आत्मसात गरेपछि मात्र लेख्ने आँट पलाएको हो । मैले त्यस नाटकमा उठाइएका विषयमध्ये मलाई मन छाएको विषयमा कलम चलाउने विचार गरेको छु । आजको विषय मार्क्सवाद र धर्मको विषयमा छ । आगामी श्रृंखलामा
कोरोनाको संत्रास
मैले यो ब्लग लेख्दासम्म संसारका १८८ देशमा नोवेल कोरोना भाइरस फैलिइसकेको छ । तीन लाख जति मानिस संक्रमित भएका छन् । यसमध्ये १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस फैलिएको जानकारी भएको पहिलो सहर चीनको बुहानले बरु यो भाइरसबाट मुक्ति पाउन लागेको छ । तर अब कोरोना इटालीलाई मुख्य केन्द्र बनाएर युरोपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रूपमा लिएको छ र अब यो भाइरस दक्षिणपूर्व एशियामा फैलिने चेतावनी दिएको छ । विभिन्न मुलुकले स्वास्थ्य संकटकाल लगाएका छन् । नेपालले पनि कोरोना भाइरस मुलुकमा पस्न नदिन विभिन्न निर्णय गरेको छ । स्कुल क्याम्पस बन्द भएका छन् । चैत ६ गतेबाट चल्ने भनिएको एसइइ पनि स्थगित भयो । विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् । मानिस भेला हुने क्लब, सिनेमाघर, खेलकुद बन्द हुने छन् । २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । धेरै देशबाट आउन रोक लगाइएको छ । अन अराइभल भिसा अलि पहिला नै बन्द गरिएको थियो । नेपालीहरुलाई पनि जोखिमयुक्त विदेश यात्रमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । लकडाउन गर्ने वा संकटकाल घोषणा गर्ने सोचाइ राखिएको समाचार प्रकाशित भएका छन् । २०७६ साल चैत ७ गते सम्माननीय प्रधानमन्त्रीबाट समेत यसै विषयमा सन्देश प्राप्त भएको छ
यज्ञमा दानः कति दान, कति ‘बलिदान’ ?
(यज्ञमा उठाएको दान लिएर महाराज बेपत्ता भए भन्ने खबर मैले सुने । सामाजिक पूर्वाधार विद्यालय कलेज अस्पताल वा भौतिक संचरना निर्माणका लागि रकम संकलन गर्न यज्ञको आयोजना गर्न चलन अहिले पनि प्रचलित छ । आठ दश वर्षअघि त झन् व्यापक थियो । सबैले रुचाएको यो कार्य मलाई भने पटक्कै मन परेको थिएन । मैले आफ्नो कुरा विराटनगरमा प्रकाशित “उद्घोष” पत्रिकामा छपाएको पनि थिएँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहान्तको प्रसंग पनि आएका हुनाले यो कुरा 2067 सालको रहेछ । अहिले आफैंले यो लेख पढ्दा विराटनगरमा बन्ने भनेको त्यस्तो पूर्वाधार बनेको जस्ताो पनि लागेन । पैसा उठ्यो, कुरो सेलायो जस्तो पो लागिरहेको छ । मेरा साथीहरुको जानकारीका लागि सो लेख जस्ताको तस्तै राखेको छु ।) विराटनगर—१ स्थित कुशलटोलमा चैत ३ गतेदेखि ११ गतेसम्म श्रीमद्देवीभागवत महायज्ञको आयोजना भयो । उक्त महायज्ञमा कथावाचक वाचनप्रवीण दीनबन्धु पोखरेल र पाथीभरा माता प्रकट भएकी भनिएकी किशोरी आकर्षणका केन्द्र थिए । बाइस लाखको लागतमा आयोजित यस महायज्ञबाट संकलित दानबाट सुविधासम्पन्न सामुदायिक भवन (सभाहल र विवाह मण्डपहरु भएको), आयुर्वेद औषधालय, पाथीभरा ज्येष्ठ नागरिक सेवा अस्पताल, गुरुकुल शिक्षालय बनाइने बताइएको छ । यी आयोजनाको लागत करीब पन्ध्र करोड हुने जनाइएको छ । दाताहरुले भूमिदान, अन्नदान र वाक्दान (कसैलाई कुनै वस्तु नफर्काउने गरी दिने वचन) गर्न सक्ने व्यवस्था थियो । दाताहरुलाई
दीक्षान्त समारोहः मेरो अनुभव
त्रिभुवन विश्वविद्यालयबाट २०७६ साल पुस ३ गते आयोजना गरिएको दीक्षान्त समारोहमा म पनि सरीक भएँ । पत्नी मुना, छोराहरू आभाष र आकृत पनि मसँग थिए । गए साल एलएल.बी. उत्तीर्ण गरेको हुनाले मैले यो समारोहमा भाग लिन पाएको थिएँ । बी.ए. र एम.ए. काठमाडौंमै पढेको भए पनि दीक्षान्त समारोहमा सामेल हुने अवसर यसअघि मिलेको थिएन । दीक्षान्त समारोहमा पोहोर आभाष दीक्षित हुँदा पनि पुगेको थिएँ तर आफूले दीक्षान्तको पोशाक लगाएको यो नै पहिलो पटक थियो । मानिस परिवारमा जन्मन्छ र हुर्कन्छ, विद्यालय र विश्वविद्यालयबाट शिक्षा लिन्छ अनि समाजमा फर्कन्छ । स्नातक वा सोभन्दा बढीको शैक्षिक योग्यता हासिल गरेपछि उसले दीक्षाको अवसर पाउँछ । यो व्यक्तिको सामान्य शैक्षिक चक्र हो । विद्यार्थी विश्वविद्यालयबाट समाजमा जाने समयमा पढेका ज्ञानको सही उपयोग, विवेकको प्रयोग, इमानदारिताप्रतिको प्रतिबद्धता र समाजका चुनौतीको समाधानका लागि स्पष्ट र सही दृष्टिकोणको प्रत्याभूतिका लागि दीक्षा दिन दीक्षान्त समारोहको आयोजना गरिन्छ । यो कार्य व्यक्तिको दृष्टिकोणको विकास गर्न लक्षित हुन्छ । शिक्षित व्यक्तिबाट समाजमा अपेक्षित आचार र व्यवहारको बारेमा जानकारी दिनु र व्यक्तिलाई त्यो जिम्मेवारी पूरा गर्न सक्षम बनाउनु मात्र होइन समाजको लागि शिक्षित व्यक्तिको आचार र व्यवहार अनुकरणीय होस् भन्ने कार्यक्रमको अभिप्राय हो । व्यक्तिको आवश्यकता र सामाजिक दायित्वका बीचमा तालेमेल मिलाउनु अबको आवश्यकता हुन्छ । व्यक्ति र समाजको सर्वाङ्गीण
किल्लाबाहिरको सिपाही
नेपाल राष्ट्र बैंकमा तीस वर्ष काम गरेर अवकाश पाएको पनि डेढ वर्ष बितिसकेको छ । आफ्ना समवयी साथीहरुले पनि क्रमशः अवकाश पाउँदै गएकाले अब नेपाल राष्ट्र बैंकमा आफूले चिनेजानेका कर्मचारीको संख्या निकै कम भइसकेको छ । भुइँचालोले काठमाडौंका पुराना कार्यालय भवन भत्काएको र टक्सार पनि धरहराको सेरोफेरोमा पर्ने भएकाले विभागहरू यताउता सारिएका छन् र अहिले त कुन विभाग कता छ भनेर मलाई पनि थाहा हुन छोडेको छ । कर्मचारीको सरुवाको कारण चिनेका साथी कुन विभागमा छन् भनेर हेक्का गर्न सकिने अवस्था पनि छैन । नयाँनयाँ प्रविधि वित्तीय बजारमा आइरहेको कारणले अहिले कुन काम कसरी हुन्छ भन्न पनि सक्दिन । नीति र कार्यनीतिमा हुने सामयिक परिवर्तनले कुन अवस्था र समस्यालाई सम्बोधन गर्न कस्तो काम कसरी गरिन्छ भनेर अड्कल काट्न त झन् के सक्नु र ? तर छिमेकी, साथीभाइ र अन्य चिनारुका लागि म राष्ट्र बैंकसँग अझै सम्बन्धित नै देखिन्छु । कसैलाई त म रिटायर भएको थाहा नै हुँदो रहेनछ । उनीहरू म अझै राष्ट्र बैंकमा कार्यरत रहे झै कुरो गर्छन् । दसैंमा नयाँ नोट सटही, अर्वपर्वमा चानचुने पैसाको जोहो, उपचार, तीर्थ र भ्रमणका लागि भारत जान चाहिने भा.रू. को बन्दोबस्त र छोराछोरी विदेश पठाउन चाहिने विदेशी मुद्राको बारेमा समयसमयमा मसँग सोधखोज गरिरहन्छन् । म अब खासै के गर्न सक्छु र ?
मेरो ब्लग: मेरा पाठक
2074 सालको चैतमा नेपाल राष्ट्र बैंकको जागिरबाट अवकाश पाएपछि नयाँ जीवनशैलीको खोजीमा लागें । बिहान 5-6 तिर उठ्ने, 8:30-9:00 भित्र खाना खाइसक्ने, अफिसबाट बेलुका 6-7 तिर फर्कने र 9-10 मा सुत्ने दैनिकीमा परिवर्तन आवश्यक थियो । अब दिउँसोको समय पूरै खाली थियो । समय कटाउनका लागि काम थिएन, गफ गर्ने संगत पनि छुटेको थियो ।नयाँ कामको खोजीमा लाग्ने सुर थिएन । यही अवस्थामा मैले केही लेख्न र ब्लगमा राख्न सुरु गरेको थिएँ । पहिला गुगलको एप्लिकेसनमा ब्लग राख्थे । त्यसपछि वर्ड एक्सप्रेसमा ब्लग राख्ने व्यवस्था छोराको सहयोगमा मिलाएँ । यसो गरेको करिब एक वर्ष भयो होला । यी एक वर्षमा मैले 45 वटा ब्लग राखेछु, कुनै नयाँ, कुनै पुराना गरेर । आफूले जानेका विषयवस्तु, साहित्यिक रचना, आत्मसंस्मरण, टीकाटिप्पणी यसका विषयवस्तु हुन् ! यसैले यो ब्लग खिचडी बनेको छ । यसमा मैले पस्किन सक्ने सबै छ । चौतारीमा गरिने गफको पनि त कुन खास विषय हुन्छ र ? जे मनमा आयो त्यही, जे मुड चल्यो त्यही ! यसरी मैले ब्लगलाई डिजिटल चौतारीको रुपमा लिएँ र गफ गर्ने थलो बनाएँ । यसले ब्लगको स्वादमा फरकपन ल्याउला अलि रुचिकर नै होला भन्ने विश्वास लिएको छु । यसमा म भन्न सक्छु, यहाँहरु पढ्न र प्रतिक्रिया दिन सक्नुहुन्छ । समय र स्थानको कारण टाढा रहेका
