सञ्जुका गीत

भर्खरै हिन्दी चलचित्र “सञ्जु” हेरें । फिल्मी नायक सञ्जय दत्तको जीवनीमा आधारित सो फिल्म निकै राम्रो लाग्यो । विवादको भुमरीमा फँसेका सञ्जय दत्तको जीवन कथा निकै रोचक र मार्मिक रहेछ सोको फिल्माङ्कन पनि स्तरीय । सञ्जय दत्तलाई विवादको घेराबाट बाहिर ल्याउन यो फिल्म सक्षम छ । फिल्म हेर्दाको करिब तीन घण्टाको समय एकै छिनमा बिते जस्तो लाग्यो । उनका जीवनको उतारचढावसँगै दुःख र हर्षका भावना मनमा घुमिरहे । अन्त भने सुखद रहेछ । हरेक युवाको सफलता र असफलतामा उसका अभिभावक र साथीको महत्वपूर्ण भूमिका हुन्छ । अभिभावकसँग हार्दिक र आत्मीय सम्बन्ध भएमा त्यसले जीवनलाई निकै ठुलो सकारात्मक उर्जा दिनसक्छ । जीवनको कतिपय क्षण र मोडमा भने अभिभावकभन्दा साथी महत्वपूर्ण हुँदा रहेछन् । सञ्जु यसैको उदाहरण हो । यस फिल्मा गाइएका र सम्झिएका केही गीतहरु भने निराशा, ग्लानि, हतोत्साह, असफलताका ओखती हुन भन्ने मेरो ठम्याइछ । त्यसैले ती गीतका शब्द पछि सम्झनका लागि यहाँ प्रस्तुत गरेको छु । तपाईंहरुले पनि यसबाट लाभ उठाउनुहोला भन्ने आशा लिएको छु । १. पिघला दे जंजीरें पिघला दे जंजीरें बना उनकी शमशीरें कर हर मैदान फ़तेह ओ बंदेया. कर हर मैदान फ़तेह घायल परिंदा है तू दिखला दे जिंदा है तू बाक़ी है तुझमें हौसला तेरे जूनून के आगे अम्बर पनाहे मांगे कर डाले तू जो फैसला रूठी तकदीरें

‘इति सम्वत’ भनेको कुन सम्वत हो ?

विक्रम सम्वत र इस्वी सम्वत भनेको त हामी सबैलाई थाहा भएको कुरा हो । तर हामीले कानूनको किताब पल्टायौं भने त्यहाँ अर्को सम्वत भेट्छौं । त्यो सम्वत हो इति सम्वत । कानुनी लिखतको अन्तिममा मिति लेखिएको हुन्छ । यही मिति जनाउन इति सम्वत यति साल यति महिना यति गते यति रोज (बार) शुभम् लेखिएको हुन्छ । कतै नभेटिने इति सम्वत कानुनका किताबमा कसरी आयो खोजको विषय होला । मेरो जानकारीमा आएको र मलाई चित्त बुझेको कुरा भने म यहाँ राख्छु । लिखितमबाट सुरु हुने कानुनी लिखतको अन्तमा इति लेखिन्थ्यो होला । इति भनेको अन्त । लिखितमबाट सुरु भएको व्यहोरा यहाँ अन्त हुन्छ भन्ने जनाउन इति लेखिनु स्वभाविकै पनि हो । इतिभन्दा तल लेखिएको व्यहोराले मान्यता पाउँदैन थियो होला । इति लेखेपछि अनुच्छेद (प्याराग्राफ) बदलेर सम्वत लेखी लिखत तयार भएको मिति लेखिन्थो होला । उदाहरण …. सो रकमको साउँ ब्याज लेखिएको भाकामा नतिरे घरघरानाबाट असुल गरी लिनु भनी खुशी राजीले यो तमसुक गरिदिएँ । इति । सम्वत २०७५ साल साउन महिना १३ गते रोज १ शुभम् । तर कुनै लिखतमा लेख्दै जाँदा ठाउँको अभावले इतिलाई तल्लो लाइनमा ल्याउनु पर्यो होला । र मिति लेख्न अर्को हरफमा नगई सोही हरफमा मिति लेखियो होला । उदाहरण …. …. . .. .. . .

असारे विकासको निकास: आर्थिक वर्ष वैशाखमा थालौं

नेपाल धेरैवटा नया“ वर्ष मनाइने देश हो । विक्रमको नया“ वर्ष वैशाख १ गतेवाट सुरु हुन्छ । यो सरकारी नया“ वर्ष हो । विदेशी लगानीका संस्था, निकाय र तीस“ग सरोकार राख्ने कतिपय नेपाली संस्था र व्यक्तिले पनि जनवरी १ बाट सुरु हुने इस्वी सम्बत्लाई पनि उत्तिकै महत्व दिन्छन् । नेपाली भूमिमा जन्मिएको नेपाल सम्बत् नेपाल नमनाउने कुरै भएन । गोबद्र्धन पूजाका दिन नेपाल सम्बतको नया“ वर्ष मनाइन्छ । इस्लाम धर्मामलम्बीहरु हिजरी सम्बत् मनाउ“छन् । शेर्पा, तामाङ, गुरुङ जातिहरुले चारबटा लोसार (नया“ वर्ष) मनाउ“छन् । देशको आर्थिक क्षेत्रले भने साउन १ गते नया“ वर्ष मनाउ“छ । नेपालको आर्थिक वर्ष साउनबाट सुरु हुन्छ । सरकारले वार्षिक बजेट सामान्यतया असारमा पेश गर्छ । साउनबाट सरकारी आम्दानी, खर्च र ऋणका हिसाब पुनः सुरु गरिन्छन् । सरकारको आर्थिक कारोबारको हिसाब वार्षिक रुपमा हुने भएकाले जुन आर्थिक वर्षको बजेट हो सोही आर्थिक वर्षमा खर्च गर्नु पर्ने र सोका लागि आवश्यक रकम पनि सोही आर्थिक वर्ष जुटाउनुपर्ने अवस्था आउ“छ । हामी सर्वसाधारण जनताजस्तो आम्दानी र खर्चको सीमाहीन श्रृंखला सरकारले चलाउन पाउ“दैन । असार मसान्तमा खाताबन्दी हुन्छ र अघिल्लो वर्ष खर्च हुन नसकेको रकम पुनः बजेटमा समावेश गरेर मात्र खर्च गर्नु पर्ने हुन्छ । सरकारले मात्र होइन सार्वजनिक संस्था, गैरसरकारी संस्था, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाले पनि

गोविन्द के.सी.का सम्बन्धमा

आज गोविन्द के.सी.को अनसन अठारौं दिनमा पुगेको छ । यो पटक उनी जुम्लामा अनसन बसेका छन् । यो उनको पन्ध्रौं अनसन हो । उनको स्वास्थ्य अवस्था नाजुक छ । उनका समर्थक र सरकारका प्रतिनिधिबीचको दुई चरणको वार्ता निष्कर्षविहीन बनेको छ । यसअघि वार्ताका लागि काठमाडौं आउन सरकारले गरेको आग्रह उनले अस्वीकार गरेका थिए । उनी माथेमा प्रतिवेदन अनुसारकै चिकित्साशास्त्र अध्ययन सम्बन्धी कानूनको माग गरी अनसनमा बसेका छन् । यसै अनुसारको अध्यादेश योभन्दा अघि दुई पटक जारी भए पनि यसपटक सरकारले संसदमा पेश गरेको विधेयक सो अनुकूल नभएको हुनाले त्यो विधेयकको खारेजी र नयाँ ऐनको तर्जुमाका लागि उनले दबाब दिएका हुन् । उनको मागमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको समर्थन छ । नागरिक समाज यस विषयमा विभाजित छ तर पनि उनका समर्थकहरु नै मुखर देखिएका छन् । सरकार भने माथेमा प्रतिवेदन अनुसार नै विधेयक ल्याएको भनिरहेको छ र एक व्यक्ति जो सरकारी  शिक्षण अस्पतालका वैतनिक चिकित्सक पनि हुन्, को दबाबमा विधेयक फिर्ता नगर्ने अडानमा छ । यस सम्बन्धमा मेरो भन्नु देहाय अनुसार छन् । १. गोविन्द के.सी. सरकारको विकल्प होइनन्, दबाब समूहका नेता मात्र हुन् । नेपाली काँग्रेसले जुन शैलीले सरकारको विरोध गर्न सुहाँउछ उनले त्यसो गर्न सुहाउँदैन । दबाब समूहले आफ्नो चाहना र सरकारको योजनाबीचमा कुटनैतिक तरिकाले संयोजन गर्छ र

युधिष्ठिर नै राजा किन ?

महाभारतका कथा छिटपुट रुपमा हामीले बालककालदेखि नै सुन्दै आएका हौं । यस कथाका अंश तथा उपकथाहरुमध्ये युधिष्ठिरलाई हस्तिनापुरको राजा नबनाएर धृतराष्ट्रले अन्याय गरेको, छलपूर्वक जुवा खेलाई इन्दप्रस्थ कब्जा गरेको, बनबासबाट फर्केपछि इन्द्रप्रस्थ फिर्ता नगरेको, राज्यको साटो सातगाउँ माग्दा पनि नदिएको र उनीहरुलाई परास्त गर्न विभिन्न षडयन्त्र गरेको कथा निकै स्मरणीय छ । महाभारतको युद्धको कारक तत्व नै यही नै भएको सोचाइ पाइन्छ पनि । आफ्ना भाञ्जालाई उत्तराधिकार दिलाउने शकुनी र भान्दाइ (फूपूका छोरा) लाई उत्तराधिकार दिलाउने कृष्णका बीचको प्रतिस्पर्धामा कहिले को अघि र कहिले को अघि हुँदै जाँदा महाभारतको युद्ध भएको हो । महाभारतका घटनाक्रमलाई विश्लेषण गर्दा युधिष्ठिर हस्तिनापुरको राजा हुनु त्यति युक्तिसंगत देखिंदैन । यस निष्कर्षमा पुग्नु अघि यस सम्बन्धी विवरण हामी तल केही घटनाक्रमका बारेमा जानकारी लिऔं । राजा शान्तनुले गंगासँग विवाह गरे र उनबाट देवव्रत छोरा भए । आफ्नो शर्त भङ्ग भएको कारण गंगा छोराका साथ स्वर्गमा फिर्ता गइन् र छोरालाई शिक्षादीक्षा पूरा गराई पछि शान्तनुकहाँ पठाइन् । गंगा फिर्ता भएपछि शान्तनुले सत्यवतीसँग विवाह गरे र उनबाट चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्मिए । देवव्रत राजा नहुने र बिहे नगर्ने भीष्मप्रतीज्ञा गरेर भीष्मका रुपमा परिचित भइसकेका थिए त्यसैले शान्तनुको मृत्युपछि चित्राङ्गद राजा भए र एउटा समान्य युद्धमा मारिए । त्यसपछि उनका भाइ विचित्रवीर्य राजा भए । उनको

शान्ता चौधरीको जीवन—दर्शन

१. पृष्ठभूमि शान्ता चौधरीको जन्म २०३७ सालमा दाङको डाँडागाउँमा कमैया परिवारमा भएको हो । उनले आठ वर्षको उमेरदेखि कमलरीको रुपमा स्थानीय जिमिन्दारको घरमा काम गर्न थालिन् । अठार वर्षसम्म स्थानीय सात जना जमिनदारहरुको घरमा कमलरी बसेर उनी २०६३ सालमा मुक्त भइन् । सरकारले २०५७ सालमा कमैया प्रथाको विधिवत अन्त गरे पनि गाँस, बास र कपासको जोहो गर्ने व्यवस्था नहुँदा थप पाँच वर्ष उनले कमलरी बस्नुप¥यो । कमलरीबाट मुक्त भएपछि ज्याला मजदूरी गरी जीवन निर्वाह गर्न थालिन् ।  कमलरी रहँदै शान्ता चौधरीले कमैया, सुकुम्बासी, भूमिहीन, हरुवा—चरुवाका हकहितका लागि आन्दोलनरत रहिन् र नेतृत्व तहमा पनि पुगिन् । यही वर्गीय मुक्ति अभियान र जनआन्दोलन २०६२÷६३ को क्रममा उनी नेपालका ठूला राजनैतिक दलहरुको सम्पर्कमा पनि आइन् । यसै पृष्ठभूमिमा उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् (संसद) पनि बनिन् । बाल्यकालमा शिक्षाको अवसरको कल्पनामात्र गर्नसक्ने अवस्थामा रहेकी शान्ता सभासद् बन्दासम्म निरक्षर थिइन् । उनी सभासद् बनेपछि आफ्ना छोरासँग लेखपढ, सयोगीबाट कम्प्युटर र चालकबाट ड्राइभिङ सिकिन् । त्यही शिक्षाको सार, अनुभवको भर र दृढ ईच्छाशक्तिको आडमा शान्ताले संसदको प्राकृतिक स्रोत तथा साधन समितिको सभापति र संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक, राजस्व बाँडफाँट समितिको सदस्य पदको जिम्मेवारी समेत निर्वाह गरिन् । उनले संविधानसभावको अवसानपछि ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तक लेखिन् जसलाई सांग्रिला पुस्तक प्रा.लि.ले प्रकाशन ग¥यो । २. जीवन—दर्शन

राइट टु रिजेक्टमा फरक मत

हालै सर्वोच्च अदालतले नेपाल सरकारलाई आगामी निर्वाचनदेखि मतदाताको सबै उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार दिन मतपत्रमा राइट टु रिजेक्ट को प्रवाधान राख्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि यो व्यवस्था कार्यान्वयन गर्नु सम्बन्धित निकायको कर्तब्य हुन आउँछ । तर यो व्यवस्थाको औचित्य भने शंकारहित छैन । सबै नेपाली नागरिकलाई निर्वाचनमा भोट हाल्ने मात्र होइन राजनैतिक दल खोल्ने र निर्वाचनमा उम्मेदवार बन्ने अधिकार पनि छ । मुलुकमा विद्यमान दलहरुले मुलुकको हित गर्न असक्षम छन् भन्ने लागेमा नयाँ दल खोली चुनावमा भाग लिन सकिन्छ । भारतजस्तो लामो दलीय व्यवस्था भएको मुलुकमा त भरखरै आम आदमी पार्टीको स्थापना भयो र दिल्ली विधान सभा निर्वाचनपछि सरकार गठन गर्न सक्षम भयो । नेपालजस्तो राजनैतिक शक्तिको निर्माण हुँदै गरेको मुलुकमा त झन नयाँ दल गठन गर्नुु सजिलो छ । हालै सम्पन्न संविधानसभा निर्वाचनमा १२२ दलले चुनावमा भाग लिएका थिए, जसमध्ये आधासरो नयाँ थिए । दल नखोली स्वतन्त्र उम्मेदवारको रुपमा समेत निर्वाचनमा प्रतिस्पर्धा गर्न सकिन्छ । सार्वजनिक लाभको पदमा बसेका व्यक्ति मात्र दल खोल्न, दलको सदस्य बन्न र उम्मेदवार बन्नबाट बञ्चित हुन्छन् । सार्वजनिक लाभको पदमा बस्ने निर्णय सम्बन्धित व्यक्तिको स्वेच्छाको विषय हो । निर्वाचन भनेको अरुलाई चुन्ने अवसर मात्र होइन, आफैँ चुनिने अधिकार पनि हो । मुलुक कसैको बिर्ता होइन, अरु कसैलाई स्वीकार वा अस्वीकार गर्ने गोलचक्करमा

वैदेशिक रोजगारको सेरोफेरो

पृष्ठभूमि एक देशको कामदारले विदेशमा पाउने रोजगारीको अवसर नै वैदेशिक रोजगार हो । अन्तर्राष्ट्रिय बजारमा श्रमको पहुँच वैदेशिक रोजगारको आधार हो । खुला बजार नीति तथा विश्वव्यापीकरणको अभियानले उत्पादन र उत्पादनका साधनहरुको स्वतन्त्र आप्रवाहमा जोड दिएको हुनाले वैदेशिक रोजगार वर्तमान विश्व अर्थव्यवस्थाको महत्वपूर्ण कडी हो । कतिपय मुलुकको अर्थतन्त्रको आधार नै विदेशमा काम गर्न गएका कामदारले स्वदेशमा पठाएको रकम (रेमिटान्स) रहने गरेको छ । नेपाल पनि विस्तारै रेमिटान्स आश्रित मुलुकमा रुपान्तरण हुन लागेको प्रतीत हुन्छ । नेपालमा वैदेशिक रोजगारको सुरुआत नेपालमा आय आर्जनका लागि विदेश जाने प्रचलन पुरानो हो । अरनिको कलाकारका रुपमा विदेश गएका थिए र नेपालको नाम राखेका थिए । मल्लकालमा पनि ब्यापार व्यवसायका लागि तिब्बतजाने प्रचलन व्यापक थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुनामदन’ धन कमाउन विदेश जाने नेपाली बाध्यता र संस्कृतिमा आधारित छ । सुगौलीको सन्धि (वि.सं. १८७४) पछि नेपालीहरु ब्रिटिश सेनामा भर्ना हुने क्रम चल्यो । प्रथम र दोश्रो विश्वयुद्धमा नेपाली जनताले बेलायती सैनिकको रुपमा विभिन्न देशमा गई काम गरे । यसपछि पनि विदेशी सेनामा भर्ना हुने क्रम जारी रह्यो तर यसको पहुँच र प्रभाव सीमित थियो । एकीकरण पश्चात नेपाल गृह कलहमा फस्यो । वि.सं. १९०३ मा राणा शासनको सूत्रपात भएपछि नेपाल एकतन्त्री कठोर शासनको चङ्गुलमा फस्यो । काठमाडौ उपत्यका पस्न र निस्कन

रेमिटान्स क्रान्ति

नेपालको कृषिपछिको सबैभन्दा ठुलो आर्थिक क्षेत्र अब रेमिटान्स भएको छ । करीब पचास लाख नेपाली विदेशमा भएको अनुमान गरिएको छ । दैनिक करिब पन्ध्र सय नेपाली रोजगारीका लागि विदेश गइरहेका छन् । पूर्वमा कोरिया र जापानदेखि पश्चिमको अमेरिकासम्म नेपालीहरु कामका लागि पुगेका छन् । कामदारको रुपमा जान नपाउनेहरु पनि पर्यटक वा विद्यार्थीको रुपमा विदेश गएर काम गरिरहेका छन् । तिनको कमाइ नेपाल आइरहेको छ । यो कमाइले नेपालमा रहेका परिवारको सदस्यको उचित लालनपालन, शिक्षादीक्षा, औषधिउपचार भइरहेको छ । रेमिटान्सको कमाइले गाउँको झुप्रे घर छोडेर बजारतिर बसाइँ आउन सकेका छन् । नेपालीको जीवनस्तर बढेको छ । गरिबी घटेको छ । देशको लागि पनि विदेशी मुद्रा प्राप्त भएको छ । यही रेमिटान्सले नेपालको अर्थतन्त्र धानिएको छ । विदेशमा काम गर्ने र पैसा कमाएर ल्याउने चलन शायद पहिलो विश्वयुद्धबाट सुरु भयो । नेपालीहरु अंग्रेजको तर्फबाट लडाइमा भाग लिन सेनामा भर्ती भए । दोश्रो विश्वयुद्धमा पनि यही क्रम दोहोरियो । त्यसपछि नेपालमा पनि प्रजातन्त्र आयो र आधुनिक विश्वमा नेपालले पनि प्रवेश पायो । यसपछि नेपालीहरु विभिन्न प्रयोजनका लागि विदेश जान थाले । छयालीस सालपछि विदेश जाने प्रवृत्ति झन् बढ्यो । जनयुद्धको क्रममा नेपालको आर्थिक विकासमा अवरोध देखा परेपछि विदेशजानु बाध्यता बन्यो । अहिले पनि देशमा गरीखाने वातावरण नभएकाले मानिसहरु विदेश गइरहेका छन् । यसबाट

लोभीको देशमा ठग

कार्यालयको कामले पटना गएको थिएँ । हामी बसेको होटलमा पच्चीस प्रतिशत ब्याज दिन्छौं, हाम्रो संस्थामा पैसा राख्नोस् भनेर मानिस आएका थिए । नेपालबाट नै पैसा पठाउन सकिने, नेपालमा एजेन्ट रहने, व्याज नेपालमा नै पुर्‍याइदिने प्रस्ताव थिए । हामी मन्त्रमुग्ध भएर उसका कुरा सुनिरहेका थियौं । मैले बीचैमा भनें, ‘पच्चीस प्रतिशत ब्याज दिने त भन्नु भयो तर कसरी ?’ मेरो प्रश्नपछि उनीहरु मुखामुख गर्न थाले । कसैले संकलन गरिएको पैसा औषधि उत्पादनमा लगाउने भने भने कसैले जडीबूटी प्रशोधनमा । यसरी कुरा बढ्दै गएपछि उनीहरु भोलि कुरा गर्ने भनेर फर्केर गए, तर त्यो भोलि फर्केर आएन ।  उनीहरुसंग कारोबार नगरिए पनि उनीहरुलाई र्‍याखर्‍याखी पार्न प्रयोग गरेको ‘तर कसरी?’ भन्ने प्रश्न भने मैले आफ्नो थेगो जस्तै बनाएं । एमबे कम्पनीको सदस्य बन्न प्रस्नाव लिएर आउने सहयोगी भाइलाई, युनिटीको सदस्य बन्न जोड गर्ने कलेज पढ्दाको साथीलाई अनि ड्युसफ्टमा लैजान खोज्ने सहकर्मीलाई मैले यही ‘तर कसरी ?‘ ले परास्त गरेंँ । हर्बोको सदस्य बनाउन खोज्ने भाउजुलाई भने उच्च आदरका कारण अलि घुमाएर नाई भन्नुपर्‍यो । गोल्डक्वेस्ट मेरो हैसियतभन्दा माथि थियो, मैले केही भन्नै परेन । यी चार कम्पनी डुबे तर मैले दु:ख गरेर कमाएको पैसामा घुनपुतली लागेन । ‘गांठ भी गुमाना, बेबकुफ भी बनना’ बाट म बचें ।  संसारमा हरेक पल सैकडो व्यापारिक कारोबार भइरहेका