सादा जीवन, उच्च विचारको आदर्श अवलम्बन गरी विलासी जीवनप्रति लुब्ध नवधनाढ्यहरुलाई लाजमर्दो बनाउनुपर्ने अभिभारा बोकेका समाजका नेतृत्ववर्ग एक वा अर्को बाहानामा विलासी जीवनशैलीको अनुकरणमा लीन छन् ।
Category: Finance
क्रोनी क्यापिटलिज्मको नालीबेली
क्रोनी क्यापिटलिज्म पदावलीको प्रयोग नेपालको अर्थ–राजनैतिक अवस्थाको विश्लेषणको क्रममा प्रयोग हुन थालेको छ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो सरकारले ‘खाली आसेपासे र सानो स्वार्थ समूह पोस्ने क्रोनी क्यापिटलिज्मको पक्ष पोषण मात्र गरेको’ आरोप लगाएका छन् (छ महिनामा सरकारको उल्टो यात्रा, नयाँ पत्रिका २०७५ भदौ ३) । त्यसैगरी नेकपा (माले) का महासचिव सीपी मैनालीले ‘अहिले के भइरहेको छ भने नेताहरुले आफ्ना कार्यकर्ताहरुलई संरक्षण हुने किसिमको कानुनहरु बनाइदिने र नेताहरुले पुँजी कमाउने । … यो सरकार आसेपासे पुँजीको नेता हो । र क्रोनी पुँजीको नेता हो ।’ भनेको छन् www.onlinekhabar.com, २०७५ भदौ ३) । यसअघि पनि विभिन्न प्रसंगमा क्रोनी क्यापिटलिज्म बारे सुनिएकै हो । क्रोनी क्यापिटलिज्म भनेको के रहेछ त भनी म पनि खोजी पसें । गुगल गुरुको सहयोगले केही पत्ता पनि लाग्यो । आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म) भनेको यस्तो अर्थ व्यवस्था रहेछ जहाँ व्यापार र व्यवसायमा सफलताको मुख्य कारक तत्व नै उद्यमी र व्यापारीको सरकारी अधिकारीहरुसँगको सम्बन्ध हुँदो रहेछ । यस व्यवस्थामा नाफा व्यवसायका लागि आवश्यक पर्ने जोखिम बहन गर्ने क्षमताको आधारमा होइन, राजनैतिक वर्गसँगको मिलेमतोमा भरपर्छ । यस अवस्थामा राजनैतिक साँठगाँठका अाधारमा नै राज्यको अधिकारक्षेत्रमा रहेको इजाजत वितरण, अनुदान प्रदान, करमा छुट र राज्यका अन्य सकारात्मक हस्तक्षेप गरिन्छ र आर्थिक अनियमितता गरी निश्चित
मेड इन नेपाल कक्ष
नेपाल सानो बजार रहेन । यो संसारका १५५ देशको बजार भएको छ । संसारले सजिलै प्रवेश पाएको नेपाली बजार किन नेपाली उत्पादनको लागि अनुकूल हुन सकेको छैन ? विचार गर्नु आवश्यक छ ।
असारे विकासको निकास: आर्थिक वर्ष वैशाखमा थालौं
नेपाल धेरैवटा नया“ वर्ष मनाइने देश हो । विक्रमको नया“ वर्ष वैशाख १ गतेवाट सुरु हुन्छ । यो सरकारी नया“ वर्ष हो । विदेशी लगानीका संस्था, निकाय र तीस“ग सरोकार राख्ने कतिपय नेपाली संस्था र व्यक्तिले पनि जनवरी १ बाट सुरु हुने इस्वी सम्बत्लाई पनि उत्तिकै महत्व दिन्छन् । नेपाली भूमिमा जन्मिएको नेपाल सम्बत् नेपाल नमनाउने कुरै भएन । गोबद्र्धन पूजाका दिन नेपाल सम्बतको नया“ वर्ष मनाइन्छ । इस्लाम धर्मामलम्बीहरु हिजरी सम्बत् मनाउ“छन् । शेर्पा, तामाङ, गुरुङ जातिहरुले चारबटा लोसार (नया“ वर्ष) मनाउ“छन् । देशको आर्थिक क्षेत्रले भने साउन १ गते नया“ वर्ष मनाउ“छ । नेपालको आर्थिक वर्ष साउनबाट सुरु हुन्छ । सरकारले वार्षिक बजेट सामान्यतया असारमा पेश गर्छ । साउनबाट सरकारी आम्दानी, खर्च र ऋणका हिसाब पुनः सुरु गरिन्छन् । सरकारको आर्थिक कारोबारको हिसाब वार्षिक रुपमा हुने भएकाले जुन आर्थिक वर्षको बजेट हो सोही आर्थिक वर्षमा खर्च गर्नु पर्ने र सोका लागि आवश्यक रकम पनि सोही आर्थिक वर्ष जुटाउनुपर्ने अवस्था आउ“छ । हामी सर्वसाधारण जनताजस्तो आम्दानी र खर्चको सीमाहीन श्रृंखला सरकारले चलाउन पाउ“दैन । असार मसान्तमा खाताबन्दी हुन्छ र अघिल्लो वर्ष खर्च हुन नसकेको रकम पुनः बजेटमा समावेश गरेर मात्र खर्च गर्नु पर्ने हुन्छ । सरकारले मात्र होइन सार्वजनिक संस्था, गैरसरकारी संस्था, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाले पनि
कृषि कर्जाका अवरोधहरु
१. पृष्ठभूमि योजनाबद्ध विकासको थालनी भएको ५६ वर्षपछि पनि नेपालको अर्थतन्त्र पछौटे अवस्थामा रहेको छ । विकासका लागि गरिएका अनेकन अर्थ—राजनैतिक प्रयास सफल बन्न सकेका छैनन् । अझै पनि विकासका लागि चिन्तन र प्रयास भने जारी छ । विश्व समुदाय र आफ्ना अनुभवबाट सिक्दै विकासका प्राथमिकता, प्रारुप र रणनीति तयार पारिँदैछ, कार्यान्वयन गरिँदैछ । बजार अर्थव्यवस्था र उदारीकरणको आजको युगमा तुलनात्मक लाभका क्षेत्रमा विकास अर्थशास्त्रीको ध्यान मोडिएको छ । तुलनात्मक लाभको क्षेत्रमा गरिएको लगानीबाट नै उच्च र दिगो आर्थिक विकास हुनसक्ने देखिन्छ । नेपालको सन्दर्भमा कृषि, पर्यटन र जलस्रोत तुलनात्मक लाभका क्षेत्रहरु हुन् । यस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रले लगानी बढाउनु आवश्यक छ । सरकारले बजेटमार्फत लगानी गर्दछ भने निजी क्षेत्रको लगानीको प्रमुख आधार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा नै हो । २. कृषिमा लगानीको अवस्था तुलनात्मक लाभको क्षेत्रमध्ये एक मानिएको कृषिको विकासमा प्राथमिकता र प्रतिबद्धताको इतिहास नेपालको विकास प्रयास जत्तिकै पुरानो छ । तर सरकारबाट कुल खर्चको ३ प्रतिशतभन्दा कम रकम कृषि क्षेत्रमा लगानी हुने गरेको र वाणिज्य बैंकहरुबाट प्रवाहित कर्जामध्ये कृषिक्षेत्रमा गएको कर्जाको परिमाण पनि सोही अनुपातमा रहेको तथ्याङ्कले कृषिक्षेत्रको विकासप्रतिको प्रतिबद्धता केवल ओठेभक्ति मात्र त होइन भन्ने प्रश्न पनि खडा गरेको छ । केही अपवादलाई छोडेर पञ्चायतकालमा भन्दा प्रजातन्त्र कालमा अनि प्रजातन्त्रकालमा भन्दा लोकतन्त्रकालमा सरकारको कुल खर्चमा
नेपालका वित्तीय सहकारीः केही सन्दर्र्भ
परिचय सहकारी निजी उद्यमको विशिष्ट शैली हो । व्यक्तिहरु मिलेर गरिने विभिन्न संगठित कारोबारको एउटारुप सहकारी पनि हो । सहकारीको प्रमुख उद्देश्य सामुहिक हित हो । निजी उद्यमको प्रभुत्वबाट उत्पन्न हुने आर्थिक बेथिति र शोषणबाट मुक्ति सहकारीको प्रमुख ध्येय हो । निजी उद्यम भए पनि सामुहिक हित, सदस्यहरुको सर्वतोमुखी विकास, समावेशी विकास, प्रतिफलको समान वितरण, खुलापन जस्ता सार्वजनिक उद्यमका विशेषता सहकारीमा पाइन्छन् । व्यक्तिको लगानीबाट सञ्चालित हुने भएकाले यो निजी उद्यम जस्तो देखिन्छ तर नाफा होइन सर्वजन हितको उद्देश्यका आधारमा यो सार्वजनिक उद्यमको नजिक हुन्छ । सहकारीमा निजी र सार्वजनिक उद्यमका गुण विद्यमान रहन्छन् । सहकारीको उद्भव मानिस समाजमा बस्नुको कारण नै सहकारिताको भावना हो । यसैले सहकारी मानव सभ्यता जत्तिकै पुरानो मान्न सकिन्छ । सहकारी भावनाको सचेत प्रयोग भने युरोपमा औद्योगिक क्रान्ति काल (सन् १७८०—१८४०) मा भएको हो । औद्योगिक क्रान्तिका कारण युरोपमा सहरीकरण तीव्र भएको थियो । ठूला उद्योगको विकासका कारण साना घरेलु उद्योग बन्द भएका थिए र साना उद्यमी ठूला उद्योगका मजदूर बन्न बाध्य भएका थिए । पुँजीवादको कारण मजदूरमाथिको शोषण तीव्र थियो । पँुजीको केन्द्रीकरण भई आम मानिसको जीवनस्तर कठिन भइरहेको थियो । यस्तो परिस्थितिमा तल्लो वर्ग अर्थात मजदूर वर्गको हितको पक्षमा विभिन्न वैचारिक धारणा आए । चार्ल्स फुरिएले उत्पादनको पुनर्वितरणको कुरा उठाए । पेरे जोसेफ
