१. पृष्ठभूमि योजनाबद्ध विकासको थालनी भएको ५६ वर्षपछि पनि नेपालको अर्थतन्त्र पछौटे अवस्थामा रहेको छ । विकासका लागि गरिएका अनेकन अर्थ—राजनैतिक प्रयास सफल बन्न सकेका छैनन् । अझै पनि विकासका लागि चिन्तन र प्रयास भने जारी छ । विश्व समुदाय र आफ्ना अनुभवबाट सिक्दै विकासका प्राथमिकता, प्रारुप र रणनीति तयार पारिँदैछ, कार्यान्वयन गरिँदैछ । बजार अर्थव्यवस्था र उदारीकरणको आजको युगमा तुलनात्मक लाभका क्षेत्रमा विकास अर्थशास्त्रीको ध्यान मोडिएको छ । तुलनात्मक लाभको क्षेत्रमा गरिएको लगानीबाट नै उच्च र दिगो आर्थिक विकास हुनसक्ने देखिन्छ । नेपालको सन्दर्भमा कृषि, पर्यटन र जलस्रोत तुलनात्मक लाभका क्षेत्रहरु हुन् । यस्ता क्षेत्रमा सरकार र निजी क्षेत्रले लगानी बढाउनु आवश्यक छ । सरकारले बजेटमार्फत लगानी गर्दछ भने निजी क्षेत्रको लगानीको प्रमुख आधार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा नै हो । २. कृषिमा लगानीको अवस्था तुलनात्मक लाभको क्षेत्रमध्ये एक मानिएको कृषिको विकासमा प्राथमिकता र प्रतिबद्धताको इतिहास नेपालको विकास प्रयास जत्तिकै पुरानो छ । तर सरकारबाट कुल खर्चको ३ प्रतिशतभन्दा कम रकम कृषि क्षेत्रमा लगानी हुने गरेको र वाणिज्य बैंकहरुबाट प्रवाहित कर्जामध्ये कृषिक्षेत्रमा गएको कर्जाको परिमाण पनि सोही अनुपातमा रहेको तथ्याङ्कले कृषिक्षेत्रको विकासप्रतिको प्रतिबद्धता केवल ओठेभक्ति मात्र त होइन भन्ने प्रश्न पनि खडा गरेको छ । केही अपवादलाई छोडेर पञ्चायतकालमा भन्दा प्रजातन्त्र कालमा अनि प्रजातन्त्रकालमा भन्दा लोकतन्त्रकालमा सरकारको कुल खर्चमा
Category: Finance
नेपालका वित्तीय सहकारीः केही सन्दर्र्भ
परिचय सहकारी निजी उद्यमको विशिष्ट शैली हो । व्यक्तिहरु मिलेर गरिने विभिन्न संगठित कारोबारको एउटारुप सहकारी पनि हो । सहकारीको प्रमुख उद्देश्य सामुहिक हित हो । निजी उद्यमको प्रभुत्वबाट उत्पन्न हुने आर्थिक बेथिति र शोषणबाट मुक्ति सहकारीको प्रमुख ध्येय हो । निजी उद्यम भए पनि सामुहिक हित, सदस्यहरुको सर्वतोमुखी विकास, समावेशी विकास, प्रतिफलको समान वितरण, खुलापन जस्ता सार्वजनिक उद्यमका विशेषता सहकारीमा पाइन्छन् । व्यक्तिको लगानीबाट सञ्चालित हुने भएकाले यो निजी उद्यम जस्तो देखिन्छ तर नाफा होइन सर्वजन हितको उद्देश्यका आधारमा यो सार्वजनिक उद्यमको नजिक हुन्छ । सहकारीमा निजी र सार्वजनिक उद्यमका गुण विद्यमान रहन्छन् । सहकारीको उद्भव मानिस समाजमा बस्नुको कारण नै सहकारिताको भावना हो । यसैले सहकारी मानव सभ्यता जत्तिकै पुरानो मान्न सकिन्छ । सहकारी भावनाको सचेत प्रयोग भने युरोपमा औद्योगिक क्रान्ति काल (सन् १७८०—१८४०) मा भएको हो । औद्योगिक क्रान्तिका कारण युरोपमा सहरीकरण तीव्र भएको थियो । ठूला उद्योगको विकासका कारण साना घरेलु उद्योग बन्द भएका थिए र साना उद्यमी ठूला उद्योगका मजदूर बन्न बाध्य भएका थिए । पुँजीवादको कारण मजदूरमाथिको शोषण तीव्र थियो । पँुजीको केन्द्रीकरण भई आम मानिसको जीवनस्तर कठिन भइरहेको थियो । यस्तो परिस्थितिमा तल्लो वर्ग अर्थात मजदूर वर्गको हितको पक्षमा विभिन्न वैचारिक धारणा आए । चार्ल्स फुरिएले उत्पादनको पुनर्वितरणको कुरा उठाए । पेरे जोसेफ
