पञ्चावती सद्भाव समाज र नमुना माध्यमिक विद्यालय, खाटडाँडाबाट २०८२ साल वैशाख २८ गते संयुक्त रूपमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष श्री जीतबहादुर खड्का हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उमेश कार्कीको सभापतित्वमा सञ्चालित सो कार्यक्रमा अतिथिहरूलाई प्रधानाध्यापक श्री देवीबहादुर राईले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक श्री सूर्य पोखरेलले गर्नु भएको थियो। सो कार्यक्रममा समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, वडा अध्यक्ष श्री थिरबहादुर राउत,विद्यालयका पूर्व प्रधानाध्यापक एवम् लक्ष्मी स्मृति पुरस्कारका संस्थापक श्री दीनानाथ दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्री बोधकुमार घिमिरे, समाजका सदस्य एवम् प्रेमलाल-महमाया स्मृति अक्षयकोषका संस्थापक श्री भेषराज खतिवडा, समाजसेवी श्याम भुजेलले विभिन्न अक्षयकोष र पुरस्कार एवम् छात्रवृत्तिको बारेमा प्रष्ट्याउनु भएको थियो । समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, उपाध्यक्ष द्वय श्री प्रदीप निरौला एवम् श्री मिथिला राउत, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, मनमाया आचार्य स्मृति कोषका संरक्षक श्री भरत प्रसाद घिमिरे र संस्थापक श्री तुलसा घिमिरे एवं भक्तबहादुर बिष्ट स्मृति अक्षयकोषका संस्थापक श्री उर्मिला देवी बिष्ट लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा यस समाजद्वारा संरक्षित लक्ष्मी स्मृति पुरस्कार २०८० सालको एसइई परीक्षामा सर्वाधिक अङ्क ल्याउने छात्रा इन्दिरा सुनुवारलाई प्रदान गरियो । सो पुरस्कारको प्रमाणपत्र पुरस्कारको संस्थापक श्री दीनानाथ दाहालले प्रदान गर्नुभएको थियो भने नगद पुरस्कार यस समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले प्रदान गर्नुभएको थियो। सोही अवसरमा महमाया-प्रेमलाल स्मृति अक्षयकोष, मनमाया आचार्य स्मृति कोष र भक्तबहादुर बिष्ट स्मृति अक्षयकोषबाट ८ जना छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो।

