त्रिभुवन विश्वविद्यालयबाट २०७६ साल पुस ३ गते आयोजना गरिएको दीक्षान्त समारोहमा म पनि सरीक भएँ । पत्नी मुना, छोराहरू आभाष र आकृत पनि मसँग थिए । गए साल एलएल.बी. उत्तीर्ण गरेको हुनाले मैले यो समारोहमा भाग लिन पाएको थिएँ । बी.ए. र एम.ए. काठमाडौंमै पढेको भए पनि दीक्षान्त समारोहमा सामेल हुने अवसर यसअघि मिलेको थिएन । दीक्षान्त समारोहमा पोहोर आभाष दीक्षित हुँदा पनि पुगेको थिएँ तर आफूले दीक्षान्तको पोशाक लगाएको यो नै पहिलो पटक थियो । मानिस परिवारमा जन्मन्छ र हुर्कन्छ, विद्यालय र विश्वविद्यालयबाट शिक्षा लिन्छ अनि समाजमा फर्कन्छ । स्नातक वा सोभन्दा बढीको शैक्षिक योग्यता हासिल गरेपछि उसले दीक्षाको अवसर पाउँछ । यो व्यक्तिको सामान्य शैक्षिक चक्र हो । विद्यार्थी विश्वविद्यालयबाट समाजमा जाने समयमा पढेका ज्ञानको सही उपयोग, विवेकको प्रयोग, इमानदारिताप्रतिको प्रतिबद्धता र समाजका चुनौतीको समाधानका लागि स्पष्ट र सही दृष्टिकोणको प्रत्याभूतिका लागि दीक्षा दिन दीक्षान्त समारोहको आयोजना गरिन्छ । यो कार्य व्यक्तिको दृष्टिकोणको विकास गर्न लक्षित हुन्छ । शिक्षित व्यक्तिबाट समाजमा अपेक्षित आचार र व्यवहारको बारेमा जानकारी दिनु र व्यक्तिलाई त्यो जिम्मेवारी पूरा गर्न सक्षम बनाउनु मात्र होइन समाजको लागि शिक्षित व्यक्तिको आचार र व्यवहार अनुकरणीय होस् भन्ने कार्यक्रमको अभिप्राय हो । व्यक्तिको आवश्यकता र सामाजिक दायित्वका बीचमा तालेमेल मिलाउनु अबको आवश्यकता हुन्छ । व्यक्ति र समाजको सर्वाङ्गीण
त्यो चौतारा, यो चौतारा
२०४३ सालको भदौरे झरीमा रुझ्दै र भिज्दै म चौतारा पुगेको थिएँ । लोकसेवा आयोगको परीक्षा पास गरी जिल्ला प्रशासन कार्यालय चौतारामा सह–लेखापालको नियुक्ति लिन गएको हुनाले त्यो मौसमी प्रतिकूलताले मेरो मनलाई प्रफुल्ल हुनबाट रोक्न सकेको थिएन । अझ बाटैमा सँगै खरिदार पदमा नियुक्ति लिन जान लागेका भक्तिराम अर्याललाई साथीको रूपमा पाएपछि त म झन् मख्ख परेको थिएँ (http://kedaracharya.com.np/archives/251) । २०४४ सालको चैतसम्म त्यहीँ बसेर नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदमा जागिर खान आएपछि फेरि फर्केर चौतारा गइएन । गइएन भन्दा पनि डेराका व्यक्तिगत सामान लिन र डेराभाडा मिलाउन एकदिन बोधकुमार घिमिरे र म चौतारा गएका थियौं । त्यो बाजि जाँदा बिहान गयौं, बेलुका फर्क्यौं । राति बास बसिएन । राष्ट्र बैंकमा ३० वर्ष जागिर खाएर अवकाश पाएपछि पनि चौताराको सम्झना कम भएन । १९ वर्षको उमेरमा जागिरे भएर टेकेको धरतीको न्यानो मुटुसम्मै पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको टाँडे घर र त्यसको भुइँ तलामा रहेको आफ्नो कार्यकक्षको झझल्को लागिरहन्थ्यो । चौताराको त्यो डेढ वर्षे बसाइको सम्झना मलाई हरदम आइरहन्थ्यो । अखबारमा चौताराको खबर देख्दा आँखा तानिन्थे । कुरैकुरामा कसैले आफ्नो घर चौतारा मात्र होइन, सिन्धुपाल्चोक बताउँदा पनि मन रोमाञ्चित हुन्थ्यो र थप गफिन्थें । काठमाडौंबाट चौतारासम्म जानको लागि अरनिको राजमार्गको वनदेउ (दोलालघाटभन्दा अलि पर)सम्म पिच थियो । त्यसपछि चौतारासम्म नै
किल्लाबाहिरको सिपाही
नेपाल राष्ट्र बैंकमा तीस वर्ष काम गरेर अवकाश पाएको पनि डेढ वर्ष बितिसकेको छ । आफ्ना समवयी साथीहरुले पनि क्रमशः अवकाश पाउँदै गएकाले अब नेपाल राष्ट्र बैंकमा आफूले चिनेजानेका कर्मचारीको संख्या निकै कम भइसकेको छ । भुइँचालोले काठमाडौंका पुराना कार्यालय भवन भत्काएको र टक्सार पनि धरहराको सेरोफेरोमा पर्ने भएकाले विभागहरू यताउता सारिएका छन् र अहिले त कुन विभाग कता छ भनेर मलाई पनि थाहा हुन छोडेको छ । कर्मचारीको सरुवाको कारण चिनेका साथी कुन विभागमा छन् भनेर हेक्का गर्न सकिने अवस्था पनि छैन । नयाँनयाँ प्रविधि वित्तीय बजारमा आइरहेको कारणले अहिले कुन काम कसरी हुन्छ भन्न पनि सक्दिन । नीति र कार्यनीतिमा हुने सामयिक परिवर्तनले कुन अवस्था र समस्यालाई सम्बोधन गर्न कस्तो काम कसरी गरिन्छ भनेर अड्कल काट्न त झन् के सक्नु र ? तर छिमेकी, साथीभाइ र अन्य चिनारुका लागि म राष्ट्र बैंकसँग अझै सम्बन्धित नै देखिन्छु । कसैलाई त म रिटायर भएको थाहा नै हुँदो रहेनछ । उनीहरू म अझै राष्ट्र बैंकमा कार्यरत रहे झै कुरो गर्छन् । दसैंमा नयाँ नोट सटही, अर्वपर्वमा चानचुने पैसाको जोहो, उपचार, तीर्थ र भ्रमणका लागि भारत जान चाहिने भा.रू. को बन्दोबस्त र छोराछोरी विदेश पठाउन चाहिने विदेशी मुद्राको बारेमा समयसमयमा मसँग सोधखोज गरिरहन्छन् । म अब खासै के गर्न सक्छु र ?
मिस्टर आचार्य, आर यु रिटायर्ड ?
‘मिस्टर आचार्य, आर यु रिटायर्ड ?’ अवकाश पाएर श्रीमतीसहित घुमफिरका लागि मलेसियाको क्वालालम्पुर पुगेको थिएँ । बटुकेभ लैजानका लागि हामीलाई लिन होटलको लबीमा आएकी पथप्रदर्शक तथा ड्राइभर मोनिकाले अलिपर राकेको गाडीमा नपुग्दै बाटैमा यो प्रश्न गरेकी थिई । राष्ट्र बैंकमा तीस वर्ष काम गरेको आधारमा मैले एकाउन्न वर्षमा अवकाश पाएको थिएँ । पातलो शरीर र उतिसारो नफुलेको कपालको कारण म त्यति बुढो जस्तो पनि देखिन्नथेँ (यो तथ्यचाहिँ विवादित पनि हुनसक्छ, आफूलाई लागेको भने त्यही हो) । काठमाडौंमा मैले अवकाश पाएको कुरा सुनाउँदा धेरै जना मेरो उमेर र अवस्थाको कारण पत्याउँदैनथे । मैले पत्यार पारेपछि ‘हेर, काम गर्ने उमेर हुँदाहुँदै रिटायर’ भनेर सहानुभूति दिन्थे । सहानुभूतिका यस्ता गुलिया कुरा सुन्न बानी परेका मेरा यी कानमा मोनिकाले सोझै ‘तपाईं रिटायर्ड हो नि !’ भनेर ठोकुवाको शैलीमा प्रश्न सोधेपछि म हतप्रभ भएको थिएँ । साँच्चै, त्यो प्रश्नले मलाई लल्याकलुलुक पार्यो । मैले उसलाई हेरेँ । ऊ निकै ढुक्क देखिन्थी । ऊ ओठमा स्मित मुस्कान छरेर दायाँ हातको चोर औंलाले कारको साँचो घुमाउँदै थिई । मानौ मनमनै भनिरहेकी थिई, ‘हामी एक नजरमा मान्छे चिन्छौं । मैले भनेको मिल्यो कि मिलेन त, मिस्टर आचार्य !’ ‘हो, तर कसरी थाहा पाउनु भो !’ मैले आफूलाई सीआईडी (भारतीय सिरियल) को एसीपी प्रद्युम्नको अघि परेको अपराधी जस्तै महसुस
मेरो ब्लग: मेरा पाठक
2074 सालको चैतमा नेपाल राष्ट्र बैंकको जागिरबाट अवकाश पाएपछि नयाँ जीवनशैलीको खोजीमा लागें । बिहान 5-6 तिर उठ्ने, 8:30-9:00 भित्र खाना खाइसक्ने, अफिसबाट बेलुका 6-7 तिर फर्कने र 9-10 मा सुत्ने दैनिकीमा परिवर्तन आवश्यक थियो । अब दिउँसोको समय पूरै खाली थियो । समय कटाउनका लागि काम थिएन, गफ गर्ने संगत पनि छुटेको थियो ।नयाँ कामको खोजीमा लाग्ने सुर थिएन । यही अवस्थामा मैले केही लेख्न र ब्लगमा राख्न सुरु गरेको थिएँ । पहिला गुगलको एप्लिकेसनमा ब्लग राख्थे । त्यसपछि वर्ड एक्सप्रेसमा ब्लग राख्ने व्यवस्था छोराको सहयोगमा मिलाएँ । यसो गरेको करिब एक वर्ष भयो होला । यी एक वर्षमा मैले 45 वटा ब्लग राखेछु, कुनै नयाँ, कुनै पुराना गरेर । आफूले जानेका विषयवस्तु, साहित्यिक रचना, आत्मसंस्मरण, टीकाटिप्पणी यसका विषयवस्तु हुन् ! यसैले यो ब्लग खिचडी बनेको छ । यसमा मैले पस्किन सक्ने सबै छ । चौतारीमा गरिने गफको पनि त कुन खास विषय हुन्छ र ? जे मनमा आयो त्यही, जे मुड चल्यो त्यही ! यसरी मैले ब्लगलाई डिजिटल चौतारीको रुपमा लिएँ र गफ गर्ने थलो बनाएँ । यसले ब्लगको स्वादमा फरकपन ल्याउला अलि रुचिकर नै होला भन्ने विश्वास लिएको छु । यसमा म भन्न सक्छु, यहाँहरु पढ्न र प्रतिक्रिया दिन सक्नुहुन्छ । समय र स्थानको कारण टाढा रहेका
छोराछोरी बाहिरै होलान् !
अवकाशप्राप्त कर्मचारीले पाउने सुविधा लिन जाँदा नेपाल राष्ट्र बैंक परिसरमा पूर्व कर्मचारी साथीहरुलाई भेट्छु । मैले दश वर्षको पेन्सन लिइसकेको हुनाले वर्षमा एकदुई पटकमात्र यस्तो अवसर मिल्छ । कतिले मलाई सम्झन्छन्, कतिले सम्झंदैनन् । बीस वर्षअघि भेट भएको बाइस-पच्चीस वर्षको केटोलाई अहिलेको मेरो हुलिया देखेर के चिनुन् पनि । उसो त उहाँहरुलाई चिन्न मलाई पनि कम हम्मे पर्दैन । समयको फोटोसपले उहाँहरुको अनुहारलाई पनि त निकै परिवर्तन (इडिटिङ) गरेको छ । कसैलाई मोटो बनाएको छ, कतै चाउरी थपेको छ, कपालको रङ र घनत्व अनि दाँतको संख्यामा भारी संशोधन गरेको छ । चिनजान नवीकरण भएपछि संवाद सुरु हुन्छ । ती जताबाट पनि सुरु हुन सक्छन् । ‘अनि बसाइ कता हो ?’ ‘जडीबूटीतिर बस्छु ।’ ‘अनि विराटनगर छोड्नु भो ?’ मेरो पुर्ख्यौली घर उदयपुर जिल्लाको नेपालटार भए पनि लामो समय विराटनगर बसेकाले धेरै मानिसले मलाई विराटनगरको रैथाने भन्ठान्छन् । ‘अहिले यतै छु । जडीबुटीतिर सानो घर किनेको छु ।’ यो ‘सानो’ भन्ने शब्द नभनेको भएपनि हुने हो । तर फ्रायडले भनेका छन् क्यारे नि, अवचेतनमा रहेको कुरो मौका पर्नासाथ बाहिर निस्किहाल्छ, चेतनले हरदम नियन्त्रण गर्न सक्दैन । यसैको असरले यो ‘सानो’ निस्कन्छ । यो ‘सानो’ले दैनिक व्यवहारमा केही समस्या ल्याए पनि र मेरो अवचेतनलाई कब्जा गरे पनि मेरो चेतन भने यसमा सन्तुष्ट
सार्वजनिक-संवेदना
कोरियाको विकास अनुभव समबन्धी तालिमको क्रममा एक जना कृषि सम्बन्धी स्रोत व्यक्तिले आफ्नो परिचयको क्रममा पहिला कृषि मन्त्रालयको उच्च प्रशासक रहेको र हाल प्राध्यापनतिर सरुवा भएको जानकारी दिनुभयो । नेपालबाट जाने हामीहरुलाई कृषि मन्त्रालयको उच्च पद (शायद सचिव) बाट किन गुमनाम प्राध्यापनतिर जान ती मान्छेले मन गरे भन्ने खुलदुली भइहाल्यो । हाम्रो सन्दर्भमा त त्यो घटना आठौं आश्चर्यभन्दा कम थिएन । कहाँ कृषि सचिव, कहाँ प्राध्यापक ! हामीले उहाँलाई यसरी सेवा परिवर्तन गर्नुको कारण सोध्यौं पनि । उहाँले भन्नुभयो ‘ कृषि मन्त्रालयमा रहँदा पूरै देशको कृषि सम्बन्धी जिम्मेवारी मेरो टाउकोमा थियो । यस क्षेत्रको विकासमा निकै चुनौती थिए । गहन जिम्मेवारीको कारण म निकै दबाबमा थिएँ । हरेक बिहान कृषि सम्बन्धी कुनै नराम्रो समाचार अखबारमा छापिएको छ कि भनेर मलाई चिन्ता लाग्थ्यो । अहिले ढुक्क छ । पढ्छु, पढाउँछु, अनुसन्धानमा मग्न रहन्छु । आनन्द छ ।’ आजभन्दा झण्डै दश वर्षअघि सुनेका कुरा ठ्याक्कै यही त थिएनन् होला तर मैले बुझेको र सम्झेको कुरा चाहिँ यही हो । उनको समाचारप्रतिको संवेदनशीलता देखेर मेरो मन भारी भयो । कति जिम्मेवार प्रशासक ! नेपालमा पनि पत्रिका छापिन्छन् । सबै जसो कार्यालयले धेरै खाले पत्रिका किन्छन् । नेता, प्रशासक, कर्मचारी सबैले धेरथोर पत्रिका पढ्छन् नै होला । नपढ्ने भए किन किन्थे होलान् र !
तडकभडक किन चाहिन्छ हामीलाई ?
नेपालको सार्वजनिक, सामाजिक र व्यक्तिगत जीवनलाई तडकभडकले गाँजेको छ । सरकारी बजेट महँगा विलासी मोटर, अनुत्पादक भ्रमण, देखावटी असारे विकास जस्ता काममा खर्च भइरहेको छ ।समाजमा पनि हुनेखानेले बिहेव्रतबन्धमा पैसाको खोलो बगाइरहेका छन् । पास्नी र न्वारानले पनि विस्तारै आफ्नो रौनक बढाउँदैछ । जन्मदिन मनाउने संस्कृतिले रुप फेरेर उधुम भएको छ । खासै यात्रा गर्नु नपर्ने भए पनि मोटर प्रतिष्ठाका लागि चाहिएको छ । घर अरुको भन्दा ठुलो नभई भएको छैन । सबैभन्दा ठुलो, सबैभन्दा राम्रो, सबैभन्दा महँगो । यही हाम्रो मूलमन्त्र भएको छ । हुनेखानेहरुको देखासिखीमा मध्यम वर्ग कुद्न खोजिरहेको छ । यी गतिविधिहरुका कारण निम्न वर्गमा अघोर निराशा उत्पन्न भएको छ । हुनेले खर्च गर्नु ठिकै पनि होला तर आर्थिक र सामाजिक व्यवस्थामा विचलन आउनु त राम्रो होइन । हाम्रो समाजमा भने यस्तै छुचुन्द्रे दौडका ‘कारण जगत के हो र जीवन के हो’ भन्ने प्रश्न निरुत्तर बनेका छन् । नेपालको अर्थतन्त्र, आम नेपाली जनताको जीवनस्तर, नेपालमा उपलब्ध आर्थिक तथा सामाजिक पूर्वाधार (सडक, यातायात, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य, बैंक, बीमा आदि) को उपलब्धताको हिसाबले हेर्ने हो भने अहिले नेपालमा देखिने तडकभडक हाम्रो क्षमताभन्दा माथिको हो । यसमा खर्च हुने साधनस्रोतलाई थप औचित्यपूर्ण प्रयोजनमा उपयोग गर्नु आवश्यक छ । यो देशको आवश्यकता हो । तर खर्चको यो क्रम रोकिएको छैन
के गर्दै हुनुहुन्छ, केदारजी ?
नेपाल राष्ट्र बैंकको जागिर सकिनुअघि मैले अवकाशको समयमा पर्नसक्ने समस्याको बारेमा केही पूर्वानुमान गरेको थिएँ । आम्दानी खर्चको तालमेल मिलाउनु पर्ने बारेमा म सचेत थिएँ । खाली समयको व्यवस्थापनको समस्यालाई पनि सम्बोधन गर्नुपर्थ्यो । साथीहरुको एउटा समूहबाट छुटेर अलग्गै जीवन चलाउनु थियो । समय र खर्चको व्यवस्थापनका लागि मिले काम गर्ने सोचमा त थिएँ तर त्यसलाई उति प्राथमिकता दिएको थिइन । काम पाए ठिकै, नपाए पनि ठिकै भन्ने मानसिकतामा थिएँ । आफ्ना यस्तै भावनाहरुलाई अवकाशप्राप्त जीवनको घोषणापत्रमा लेखेको पनि थिएँ । अवकाशपछिको समय व्यवस्थापन र आयआर्जनका लागि आफ्नै व्यवसाय सुरु गर्न मलाई मन छैन । त्यो मेरो योग्यता र क्षमताको विषय नै होइन । मैले आजसम्म नसोचेको कुरा म भोलि सुरु गर्न सक्दिन । मेरो विचारमा अर्को पुस्तामा हस्तान्तरण हुन नसक्ने व्यवसाय अब सुरु गरेर काम पनि छैन । व्यवसाय अर्को र झन् बलियो बन्धन हो । जागिरको बन्धन छुटेपछि अर्को झन् बलियो बन्धनको आरधना किन गर्नु ? अब त बन्धनहरुबाट विस्तारै फुत्कँदै जानुपर्छ होला । उमेर बढेसँगै केही अनुभव हासिल गरियो, केही योग्यता हासिल गरियो । तर मलाई लाग्छ केही ‘अयोग्यता’ पनि हासिल गरियो । अब जागिरको नाममा जहाँ पायो त्यहीँ पाइलो राख्न मन छैन । दुःखका अँध्यारा दिन त जसोतसो कटाइयो, अब धेरै कुरामा सम्झौता गर्न सकिन्छ जस्तो
अनि मैले घुस फिर्ता गरें
जिल्ला (प्रशासन) कार्यालय, चौतारामा सहलेखापाल भएपछि म निकै खुशी थिएँ । संसारमा मैले खुट्टा टेक्ने ठाउँ भेटेको थिएँ । अब जीवनले एउटा बाटो लियो जस्तो लागेको थियो । त्यस बेला पढाइ प्राइभेटमै सीमित थियो, जागिर थिएन र बुवाको छ महिनाअघि देहान्त भएको थियो । यसरी अँध्यारो सुरूङमा पसेको जिन्दगीले प्रकाश भेटेको थियो । अब सरुवा गराएर काठमाडौं जाऊँला र पढौला भन्ने सोचेको थिएँ । मेरा लागि अब सबै दुःख माटोमा मिलिसकेका थिए । 2043 सालको भदौमा जागिरे भएपछि ममा अर्कै आँट आएको थियो । मेरो सहलेखापालको जागिर थियो र जिल्ला कार्यालयमा लेखापालको दरबन्दी थियो ।यसो हुँदा मैले लेखापालले लाए अह्राएको काम गर्दा पुग्नुपर्ने हो । तर लेखापालले राजीनामा दिने सुर कसिसकेका रहेछन् र उनको कार्यालयमा उपस्थिति पनि नियमित रहेनछ । भक्तपुरका बूढा मान्छेलाई किन हो सिन्धुपाल्चोक पठाइदिएको रहेछ । त्यसैले उनी जागिर छोड्ने विचारमा रहेछन् । केही समयको सहकार्यबाट उनी रसिला बूढा हुन् भन्ने त थाहा भयो । तर राजीनामा स्वीकृत भएकाले उनी घर गइहाले । लेखापालको टुंगो नभएको हुनाले त्यहाँको लेखा फाँट भने एक जना खरिदारले चलाइराखेका थिए । सहलेखापाल पनि कोही थिएनन् । अब सहलेखापालको रुपमा म हाजिर भएपछि लेखा म एक्लैले चलाउनुपर्ने भयो । मैले उनै खरिदार साहेबबाट चार्ज बुझे, उनीबाटै काम सिकें । म नागरिकता बनाउन
