निर्मलाका आमाबाबुलाई न्याय

साउनको १० गते निर्मलाको बलात्कारपछि हत्या भयो । आज त्यो घटना भएको चार महिनाभन्दा बढी भइसकेको छ । तर त्यस घटनाको दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले हालसम्म गरेका  अरू विभिन्न अपराधको अनुसन्धान र त्यसको सकारात्मक नतीजाको पृष्ठभूमिमा यो घटना त्यति रहस्यमय भएजस्तो लाग्दैन तर अहिलेसम्म घटनाको नालीबेली जानकारी हुन सकेको छैन । त्यस घटनाको दोषीका रुपमा विभिन्न मानिस पक्रिए, तर निर्दोष पाइए र छोडिए । वास्तविक दोषी पुलिस प्रशासनको पहुँचभन्दा बाहिरै रहे । अनुसन्धानमा लापरबाही गरेको भनेर केही पुलिस अधिकृत नै कारवाहीमा पनि परे । तर घटनाको निकास अहिलेसम्म निस्केको छैन । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र र जनताले चुनेको सरकार निर्मलाको लागि न्याय दिन आजका दिनसम्म सक्षम देखिएनन् ।राज्यको यो अकर्मण्यता जनताको लागि सह्य विषय होइन । त्यसैले निर्मलाको हत्या भएदेखि नै हत्यारालाई न्यायको कठघरामा ल्याउने माग गर्दै नागरिक प्रदर्शन जारी छ । घटनास्थल (महेन्द्रनगर) र काठमाडौंमा प्रदर्शन भइरहेका छन् । भौतिक रुपमा त्यहाँ नपुगे पनि सारा नेपालीको भावना त्यस विरोध कार्यक्रममा सरीक होला भन्ने मेरो अनुमान छ । आज कुनै अपराध दण्डहीन भएमा त्यो समाजको र राज्यको संस्कृति बन्न सक्छ । आन्तरिक द्वन्द्व र संक्रमणकालका कारण दण्डहीनता मौलाएको यस मुलुकमा संक्रमणकालको अन्त्यपछि पनि त्यस किसिमको प्रवृत्ति कुनै हालतमा स्वीकार्य होइन पनि । निर्मलालाई न्याय आजको न्यायपूर्ण नेपालको कामना

शोधनान्तर घाटाको दलदल

सादा जीवन, उच्च विचारको आदर्श अवलम्बन गरी विलासी जीवनप्रति लुब्ध नवधनाढ्यहरुलाई लाजमर्दो बनाउनुपर्ने अभिभारा बोकेका समाजका नेतृत्ववर्ग एक वा अर्को बाहानामा विलासी जीवनशैलीको अनुकरणमा लीन छन् ।

मेरा तीन स्वर्ण पदकः प्रसंग ३

त्यो समयमा म नेपाल राष्ट्र बैंक विराटनगरको बिल्स फाँटमा थिएँ । बिल्स फाँटको काममध्ये एउटा काम अवकाशप्राप्त निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीलाई पेन्सन भुक्तानी गर्नु थियो । हरेक महिनाको सोह्र गते कार्यालयमा भीड लाग्थ्यो । सबैलाई नियमानुसारको रकम भुक्तानी दिन्थ्यौं । तलब बढेको वेलामा पेन्सन रकम पनि बढ्थ्यो । यस्तो वेलामा थप रकम भुक्तानी दिन अलि मेहनत गर्नुपथ्र्यो । शिक्षा सहायता, असाधारण पारिवारिक वृत्ति, पारिवारिक पेन्सन जस्ता विभिन्न पेन्सन योजना थिए जसका बारेमा म त्यति जानकार थिइन । कुनै तालिम पनि लिने मौका मिलेको थिएन । निजामती सेवा ऐन पढेर केही अवधारणा बनाउन त खोजेको थिएँ तर सबै विषयमा म स्पष्ट भएको थिइन । फाँटमा काम गरिरहेका अनुभवी साथीहरु, पेन्सन लिन मानिसको भनाइ र दाबी, शोधभर्ना पाउने क्रममा प्राप्त भएका कैफियत र सुझावका भरमा काम परिमार्जन गर्दै गएका थियौं । स्पष्ट जानकारीको अभाव र सोह्र गतेपछिका दुईचार दिन हुने भीडका कारण ग्राहकलाई राम्रो सुझाव र सल्लाह दिन सकिने अवस्था पनि थिएन । हुन त सबैलाई विशेष सुझाव र सल्लाह चाहिने पनि होइन ।एक पटक महिनावारी पेन्सन लिनेको भीड नहुने समयमा एक जना महिला पेन्सन लिन आइन् । साथीहरुले चिनेकी महिला हुनाले साथीहरुले किन ढिला आउनु भयो त भनेर सोधे । उनी आफन्त बिरामी भएर हो कि के कारणले हो

पञ्चावती सद्भाव समाजबाट पुरस्कार वितरण कार्यक्रम सम्पन्न

(श्री पञ्चावती माध्यमिक विद्यालय र माध्यमिक विद्यालय भलायडाँडाका विद्यार्थी पुरस्कृत) पञ्चावती सद्भाव समाजले यही कात्तिक १६ गते श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुर गढी र माध्यमिक विद्यालय, भलायडाँडा, खाटडाँडामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विभिन्न विद्यार्थीहरुलाई विभिन्न पुरस्कार वितरण ग¥यो । ती पुरस्कारहरु विभिन्न महानुभावले अक्षय कोष राखी पञ्चावती सद्भाव समाजको संयोजकत्वमा स्थापना गर्नु भएको हो । श्री पञ्चावती माध्यमिक विद्यालयमा आयोजित पुरस्कार वितरण समारोहको अध्यक्षता समाजका अध्यक्ष श्री मधुरमण आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धनबहादुर कार्की, पञ्चावती सद्भाव समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, प्रा.डा. गीता शर्मा आचार्य, विद्यालयका प्रधानाध्यापक श्री भोला के.सी.,  स्थानीय नेता तथा बुद्धिजीवी श्री बोधकुमार घिमिरे, शिक्षा र सामाजिक समिति संयोजक श्री संगीता वि.क. समेतले मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा स्थानीय प्रबुद्ध व्यक्तिहरु, विद्यालयका शिक्षक र विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष श्री मधुरमण आचार्य, गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी मगर लगायतका अतिथिहरुले पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गर्नु भएको थियो । वितरित पुरस्कार र पुरस्कृत विद्यार्थीको विवरण यस प्रकार रहेको छः १. स्व. अनुज स्मृति पुरस्कार स्व. अनुज निरौलाको स्मृतिमा उहाँका पिता श्री टीकादत्त निरौलाद्वारा स्थापित एस.एल.सी.(प्रवेशिका) परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने पञ्चावती माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने २०७१ साल

देवकोटाको सम्झनामा

(देवकोटाको जन्मजयन्ती सन्दर्भ) दिन र रात, जाडो र गर्मी, हिउँद र वर्षा गरी समयको पाँग्रा घुम्दै जान्छ । यसरी घुमेको समयको पाँग्रा दसैंमा आइपुग्छ, तिहारमा आइपुग्छ र  आइपुग्छ अरु चाडपर्व र सन्र्भहरुमा । यस्तै समयक्रमले सालिन्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६—२०१६) को जन्मजयन्ती पनि आउँछ । हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा देवकोटालाई पढेकाले फेरि पढ्छन्, देवकोटालाई सुनेकाले फेरि सुन्छन्, देवकोटाबारे लेखेकाले फेरि लेख्छन्, बोलेकाले फेरि   बोल्छन् । भर्खर चेतना खुलेका किशोरहरुले पनि देवकोटाको व्यक्तित्व र कृतित्वको विराटस्वरुपको आभास पाउँछन् । देवकोटा नेपाली जनमनमा फेरि एकपटक आँधी, बिजुली र बाढी बनेर पस्छन् अनि नेपाली जनमानसलाई देवकोटामय बनाएर जान्छन् । घरमा अहोरात्र ट्युसन पढाउने देवकोटा परिवारका लागि सुनको फुल पार्ने कुखुरी थिए । उनले अहिले पनि पुस्तकको रोयल्टी कमाइरहेका छन । तर उनको घर मृत्योपरान्त उनको नामको देवकोटा संग्राहलयमा रुपान्तरित हुन सकेन । जहानियाँ शासनका विरुद्ध जन्मन लागेको नेपाली क्रान्तिको सुडेनी बन्न उनी वनारस गए । वनारसमा चारआनामा चारवटाका दरले कविता बेचे, चना खाएर गुजारा गरे । साहित्य अनुरागीका लागि उनी कविता लेख्ने मेसिन थिए । चुरोट कोसेलीमा कविता लेखेर उनले आफ्ना कैयौ आशामुखीहरुलाई सन्तुष्ट पारे । राजा महेन्द्रले उनलाई मन्त्री बनाए, करिब तीन महिना । घरमा बसेर पनि व्यवहारिक हुन नसक्नु, क्रान्तिका लागि घरबार त्यागे पनि क्रान्तिकारी नमानिनु, सत्तामा पुगे पनि शासकको कोपभाजन हुनु, प्रतिभासम्पन्न भए पनि पागल ठानिनु उनका

मेरा तीन स्वर्ण पदकः प्रसंग २

विराटनगरमै काम गर्दै थिएँ (राष्ट्र बैंकमा काम गर्ने कुरा र भा.रु. सटहीका बारेमा त पहिलो प्रसंगमा लेखिसकेको छु) । तिहारको छुट्टी थियो । लक्ष्मीपूजाको दिन थियो जस्तो लाग्छ । विराटनगरको गुदरी बजारमा मानिसको भीड सानो थिएन । म मोटरसाइकल मेनरोडतिरै छोडेर किनमेल गर्दै थिएँ ।“नमस्कार सर ।” भीडतिर नै हेरिरहेको वेला भीडबाट यो आवाज आयो । आवाजतिर आँखा दिएँ । नमस्कार गर्ने मानिस मैले चिने जस्तो नलागेको हुनाले मैले त्यसमा ध्यान पनि दिनुपरेन । आफ्नो दृष्टि समेटें र म पसलतिर नै अलमलिएँ । भीडलाई छिचोल्दै ती नमस्कार गर्ने मानिस मेरो छेउमा आइपुगेछन् । मलाई कोट्याएर उनले सोधे, “सर, मलाई चिन्नु भएन ?” उनको अनुहार मुस्कुराइरहेको थियो र त्यो मुस्कुराएको अनुहारले मलाई भने थप अप्ठेरोमा पारिरहेको थियो ।“हाम्रो भेट कहाँ भएको थियो ?” म उपायविहीन थिएँ । सोझै चिनिन त कसरी भन्नु र ?“सरकै अफिसमा हो नि ! सर राष्ट्र बैंकमा होइन र ?” उनले चिनेकै रहेछन् ।“हो नि ! तर मैले पो चिन्न सकिन । ” म लाचार थिएँ ।“म भा.रु. साट्न आएको थिएँ ।” उनले केही सुराक दिए । गफ लम्बिने देखिएकाले हामी बजारबाट हटेर यसो एउटा कुनामा उभिएका थियाँै ।“अनि मैले साटिदिएँ त ?” भा.रु. माग्न आउने कतिपयलाई उनीहरुको कामको औचित्य र आवश्यकता प्रमाणित नभएको अवस्थामा भा.रु. दिन

मेरा तीन स्वर्ण पदक: प्रसंग १

नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा काम गर्थे । सहायक व्यवस्थापकको पद थियो । आफ्नो फाँटको नियमित काम त गर्नु परिहाल्यो । मभन्दा माथिका अधिकृत द्वितीय तहका हाकिम विदा वा काजमा रही कार्यालयमा अनुपस्थित रहेको अवस्थामा भने मैले उनको काम पनि हेर्नुपथ्र्यो । उनले गर्नुपर्ने काम अरु त सामान्य थिए तर भारतीय रुपैयाँ माग गरी आएका निवेदन स्वीकार वा अस्वीकार गर्ने र सो निवेदन अनुसार कति भारतीय रुपैयाँ दिनु उपयुक्त होला भनी निक्र्यौल गर्ने काम भने झन्झटिलो थियो ।भारतीय रुपैयाँ उपलब्ध गराउनु तिनताक नेपाल राष्ट्र बैंकका लागि निकै चुनौतीको कुरा थियो । पहिले नेपालका सीमावर्ती बजारमा फालाफाल जस्तो हुने भारतीय रुपैयाँको अभाव हुन लागेको थियो । नेपालबाट हुने निकासी घट्नु, भारतबाट हुने पैठारी (अवैध समेत) बढ्नु र भारतीय रुपैयाँको आपूर्तिमा ठुलो भूमिका खेल्ने तेस्रो मुलुकबाट आयातीत समानको भारतमा हुने अवैध निकासी वा भारतीय नागरिकलाई गरिने बिक्रीमा कमी आएका कारण यस्तो अवस्था आएको थियो । नेपाली बजारमा जम्मा हुन आएको नोट नेपाल राष्ट्र बैंकले सटही गरी भारतीय बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्ने परम्परा रहेकोमा अब त कोलकाताबाट भारतीय नोट चार्टर प्लेनबाट काठमाडौं ल्याउने र त्यहाँबाट विभिन्न कार्यालयमा पु¥याई भारतीय रुपैयाँ माग गर्ने सर्वसाधारणलाई अड्कलेर दिन सुरु गरिएको थियो । राष्ट्र बैंकले भ्रमण तथा औषधोपचारका लागि सीमित मात्रामा मात्र भारतीय रुपैयाँ सटही

सार्वजनिक पदमा नियुक्तिः केही प्रश्नहरु

निर्वाचनपछि सरकार परिवर्तन हुन्छ । नयाँ संसद बन्छ, प्रधानमन्त्री फेरिन्छन्, मन्त्रीहरु नयाँ आउँछन् । त्यसपछि सरकारले गर्ने राजनैतिक नियुक्तिका हल्ला चल्न थाल्छन् । कुन पदमा को आउला, को जाला, कसले मौका पाउला, कसले बाजी मार्ला ? प्रबुद्धवर्गका बीचमा यसका बारेमा चर्चा हुन्छ । नियुक्तिका आकांक्षीहरुले दौडधूप पनि गर्लान् । सरकारले आफूलाई सहयोग गर्ने टिमको तयारी गर्नु स्वभाविकै पनि हो । यसरी नयाँ सरकारले नयाँ नियुक्ति गर्ने विशेष किसिमका पदहरु सबै मुलुकमा हुन्छन् । यति मात्र होइन निश्चित योग्यता, नियुक्ति प्रक्रिया र पदावधि तोकिएका संवैधानिक अंग र सरकारका विभिन्न निकायका पदाधिकारीका नियुक्ति पनि राज्यका संयन्त्रबाट नै नियमति रुपमा भइरहेका हुन्छन् ।नियमित र सामान्य प्रक्रिया भए पनि यी पदमा हुने नियुक्ति विवादबाट टाढा भने रहन सकेका छैनन् । विशेष दक्षता हुनुपर्ने पदमा समेत पार्टीगत संलग्नताको आधारमा नियुक्ति हुने, पार्टीमा पनि गुटगत संलग्नताले फरक पार्ने, नातागोता, कृपापात्र, भौगोलिक र जातीय सान्निध्य हेरिने र कतिपय अवस्थामा आर्थिक चलखेलका अधारमा नै नियुक्ति भएका कुरा पनि सार्वजनिक भएका छन् । जनताको जिउधनको भविष्य फैसला लेख्ने कलमको टुप्पोमा राखेर हिंड्ने न्यायाधीशको नियुक्तिको सिफारिस समेत दलगत आधारमा भएको सुनिएको छ । संवैधानिक पदमा नियुक्ति भई काम सम्हालेको लामो समय बितिसकेपछि योग्यता नपुगेको ठहर हुनु, संवैधानिक परिषदले गरेको नियुक्तिको सिफारिस संसदीय समितिबाट अस्वीकृत हुनु जस्ता घटना पनि हामी सामुन्ने

क्रोनी क्यापिटलिज्मको नालीबेली

क्रोनी क्यापिटलिज्म पदावलीको प्रयोग नेपालको अर्थ–राजनैतिक अवस्थाको विश्लेषणको क्रममा प्रयोग हुन थालेको छ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो सरकारले ‘खाली आसेपासे र सानो स्वार्थ समूह पोस्ने क्रोनी क्यापिटलिज्मको पक्ष पोषण मात्र गरेको’ आरोप लगाएका छन् (छ महिनामा सरकारको उल्टो यात्रा, नयाँ पत्रिका २०७५ भदौ ३) । त्यसैगरी नेकपा (माले) का महासचिव सीपी मैनालीले ‘अहिले के भइरहेको छ भने नेताहरुले आफ्ना कार्यकर्ताहरुलई संरक्षण हुने किसिमको कानुनहरु बनाइदिने र नेताहरुले पुँजी कमाउने । … यो सरकार आसेपासे पुँजीको नेता हो । र क्रोनी पुँजीको नेता हो ।’ भनेको छन् www.onlinekhabar.com, २०७५ भदौ ३) । यसअघि पनि विभिन्न प्रसंगमा क्रोनी क्यापिटलिज्म बारे सुनिएकै हो । क्रोनी क्यापिटलिज्म भनेको के रहेछ त भनी म पनि खोजी पसें । गुगल गुरुको सहयोगले केही पत्ता पनि लाग्यो । आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म) भनेको यस्तो अर्थ व्यवस्था रहेछ जहाँ व्यापार र व्यवसायमा सफलताको मुख्य कारक तत्व नै उद्यमी र व्यापारीको सरकारी अधिकारीहरुसँगको सम्बन्ध हुँदो रहेछ । यस व्यवस्थामा  नाफा व्यवसायका लागि आवश्यक पर्ने जोखिम बहन गर्ने क्षमताको आधारमा होइन, राजनैतिक वर्गसँगको मिलेमतोमा भरपर्छ । यस अवस्थामा राजनैतिक साँठगाँठका अाधारमा नै राज्यको अधिकारक्षेत्रमा रहेको इजाजत वितरण, अनुदान प्रदान, करमा छुट र राज्यका अन्य सकारात्मक हस्तक्षेप गरिन्छ र आर्थिक अनियमितता गरी निश्चित

अवकाशप्राप्त जीवनको घोषणापत्र

सोह्र वर्षको उमेरबाट सुरु भएको मेरो जागिर–यात्रा २०७४ को चैतबाट पूर्ण भएको छ । मैले नेपाल राष्ट्र बैंकको सेवाबाट अनिवार्य अवकाश पाएको छु । नेपाल राष्ट्र बैंकमा २०४४ सालको चैतमा प्रवेश गरेको थिएँ र ३० वर्से सेवा अवधि पूरा गरी अवकाश पाएँ । राष्ट्र बैंकमा प्रवेश गर्नुअघि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । त्योभन्दा अघि विभिन्न आफ्नै गाउँ वरिपरिका तीन र रसुवाको एक गरी चारवटा विद्यालयमा थोरैथोरै समय पढाएको थिएँ । मैले अवकाशको लागि आफूलाई केही समयअघिबाट नै तयार गरिरहेको थिएँ । तर जागिरको अन्त्यमा तीस वर्षे सेवा अवधिको आधारमा हुने अनिवार्य अवकाशको प्रावधान खारेज हुने हल्ला व्यापक भयो । तीस वर्षे सेवा अवधि हट्ने हल्ला चले पनि नेपालको तरल राजनैतिक अवस्था र प्रशासनिक संयन्त्रले यति विवादास्पद विषयमा तात्विक निर्णय गर्न सक्ला जस्तो मलाई लागेको थिएन । फेरि, जागिरको समय बढ्नु मेरो लागि चाहिँ कति राम्रो हो भन्ने पनि दोधार नै थियो । मैले अफिसबाट पाउने सुविधा यही समयमा अवकाश लिँदा पनि पाउँथे । अब थप अवधि जागिर खाएर पाउने बढुवा पनि अवकाशको सुविधामा नै पाउँथे । जागिरमा रहँदा थप लाभ त हुन्थ्यो, विदेश जान पाउँथे, तलब भत्ता नै पनि पेन्सनभन्दा त बढी हुन्थ्यो । तर जागिर खानु जति राम्रो कुरा हो, उपयुक्त अवसरमा अवकाश लिनु पनि उत्तिनै महत्वपूर्ण